लकडाउनमा अलपत्र परेका यात्रु बोकेको मिनिबस दुर्घटनामा १८ जना घाइते
रामेछाप। रामेछाप मन्थली नगरपालिका-६ कुनौरीस्थित सडकमा मिनिबस दुर्घटना हुँदा १८ जना घाइते भएका छन्।

लकडाउनका कारण अलपत्र परेका यात्रु बोकेर काठमाडौंबाट दोलखातर्फ गइरहेको बा.२ ख ६८१८ नम्बरको मिनी बस ब्रेक फेल भई आज बिहान दुर्घटना भएको हो।

बसमा सवारमध्ये १८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।

घाइतेहरुको तामाकोसी अस्पताल मन्थलीमा उपचार भइरहेको छ।

बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिई यस सम्बन्धमा अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्