चट्याङ लागेर बागलुङमा एक महिलाको मृत्यु <p>बागलुङ। बागलुङमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ।</p> <p>बाग्लुङको गलकोट नगरपालिका-१ दुधिलाभाटीमा चट्याङ लागेर स्थानीय ५५ वर्षीया बिजुली खत्रीको मृत्यु भएको हो।</p> <p>घरमा सुतिरहेको अवस्थामा चट्याङ परी बेहोस भएकी उनको आरोग्य अस्पताल हटिया बागलुङमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ।</p>
प्रतिक्रिया दिनुहोस्