खाल्डोमा जमेको पानीमा डुबेर १४ महीने बालकको मृत्यु <p>रुपन्देही। रुपन्देहीको कोटहीमाई गाउँपालिका-५ देवनबसपुरमा १४ महीने बालकको खाल्डोमा जमेको पानीमा डुबेर मृत्यु भएको छ।</p> <p>राम औतार चौधरीका १४ महीनाका छोरा आनन्द चौधरीको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।</p> <p>खेल्ने क्रममा डुबेर घाइते भएका ती बालकको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो।</p>
प्रतिक्रिया दिनुहोस्