सम्मानित व्यक्तिको फोटो बिगारेर फेसबुकमा राख्‍ने व्यक्ति पक्राउ <p>काठमाडौं। सम्मानित संस्थाका व्यक्तिमाथि अनास्था फैलाउने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले मकवानपुरका ४५ वर्षीय युवकलाई पक्राउ गरेको छ।</p> <p>महानगरीय अपराध महाशाखाको टोलीले मकवानपुर प्रहरीको समन्वयमा मकवानपुर भिमफेदी गाउँपालिका २ का गोपी बल लामालाई पक्राउ गरेको हो।</p> <p>लामाले सम्मानित संस्थाका व्यक्तिहरु उपर अनास्था फैलाउने उद्देश्यले फोटो बिगारेर फेसबुकमा स्टाटससमेत राखी अफवाह फैलाएको प्रहरीले बताएको छ। &nbsp;</p> <p>उनलाई बिद्युतीय कारोबार ऐनअन्तर्गतको कसूरमा अनुसन्धान गरी कारवाहीको लागि महानगरीय प्रहरी परिसर टेकु ल्याइएको छ।</p>
प्रतिक्रिया दिनुहोस्