कुकुरले टाेक्दा दाङमा मर्‍याे दुर्लभ रतुवा <p>दाङ। दाङमा कुकुरको टोकाइबाट दुर्लभ जनावर रतुवा मरेको छ।</p> <p>जंगलबाट निस्केको रतुवालाई राजपुर गाउँपालिका-२, बेलामा हिजाे ९ वैशाखमा घरपालुवा कुकुरले टोक्दा&nbsp; घाइते भएको थियो।</p> <p>डिभिजन वन कार्यालय, देउखुरीका प्रमुख प्रवीण विडारीले जानकारी दिए।</p> <p>साे रतुवा करीब १८ किलोको थियो। उच्च पहाडी भेग तथा भित्री मधेशमा पाइने यो दुर्लभ जनावर हाे। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्