खानेपानी नभएको भन्दै जाजरकोटमा वडा अध्यक्षमाथि आक्रमण <p>जाजरकोट। गाउँमा खानेपानीको व्यवस्था नगरेको भन्दै जुनिचाँदे गाउँपालिका-२ का वडा अध्यक्ष रामबहादुर नेपालीलाई गएराति एक समूहले कुटपिट गरेको छ।</p> <p>कुटपिटबाट नेपाली घाइते भएको सशस्त्र प्रहरी बल जाजरकोटका प्रमुख योग्य बस्नेतले बताए। उनलाई उपचारका लागि सुर्खेत लगिएको छ।</p> <p>कुटपिटमा संलग्न स्थानीय बिर्खनाथ योगी र जयनाथ योगीसहित सातजनालाई प्रहरीले पक्राउ गरेको छ।</p> <p>आक्रमणकारीको खोजीका लागि प्रहरी कार्यालय पञ्चालाबाट टोली खटिएको थियो। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्