बालुवाटार पुगे नेकपा अध्यक्ष दाहाल, सांसदहरुसँग ओली-दाहालको संयुक्त ब्रिफिङ

काठमाडौं। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालुवाटारस्थित निवासमा पुगेका छन्।

अहिले ओली र दाहाल दुवैले विभिन्न प्रदेशबाट प्रतिनिधित्व गर्ने संघीय संसदका सदस्यहरुसँग सरकारले ल्याएका अध्यादेशबारे नेकपाका सांसदहरुलाई संयुक्त ब्रिफिङ गरिरहेको स्रोतले देखापढीसँग बतायो ।

सरकारले ८ बैशाखमा जारी गरेका दुईवटा अध्यादेशबारे पार्टीका सबै सांसदहरुलाई जानकारी दिने उद्धेश्यले संयुक्त ब्रिफिङ आयोजना गरिएको नेकपा स्रोतले जनाएको छ।

अहिले सुदूरपश्चिम प्रदेशका सांसदहरुसँगको ब्रिफिङ सकिएर प्रदेश १ अन्तर्गत्का सांसदहरुलाई ब्रिफिङ दिने काम भइरहेको बताइएको छ।

प्रदेश २ बाहेक सबै प्रदेशका सांसदहरुसँग नेकपा अध्यक्षद्धय ओली र दाहालले आजै छलफल गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्