एसएसपीमा बढुवाका लागि १९ जना एसपीको नाम सिफारिस (सूचीसहित)

काठमाडौं। नेपाल प्रहरीमा रिक्त रहेका १९ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)का लागि बढुवा समितिले १९ जना प्रहरी उपरीक्षक (एसपी)को नाम सिफारिस गरेको छ।

आज साँझ बसेको बढुवा समितिको बैठकले १९ जना एसपीको नाम सिफारिस गरेको हो।

गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बढुवा समितिले एसपीहरूको नाम सिफारिस गरेको हाे।

समितिमा प्रहरी महानिरीक्षक र प्रहरीकै मानवस्रोत विभागका एआईजी सदस्य हुन्छन्।

गृह मन्त्रालयको मन्त्रीस्तरीय निर्णयले यही सिफारिसका आधारमा बढुवाको निर्णय गर्नेछ।

एसएसपीमा बढुवा सिफारिस गरिएका एसपीमा वीरेन्द्र बस्याल, जनक भट्टराई, विष्णु कुमार केसी, भरत बहादुर बोहरा, कुबेर कडायत, केदार ढकाल र अशोक सिंह छन्।

त्यसैगरी एसपीहरू सुदीप गिरी, दुर्गा सिंह, रविन्द्र केसी, राजेशनाथ बास्तोला, किरण राणा, नवराज भट्ट, लालमणि आचार्य, यज्ञविनोद पोखरेल, हृदय थापा, राजकुमार बैदवार, मुकेश सिंह र चन्द्र कुबेर खापुंग छन्।

प्रतिक्रिया दिनुहोस्