चट्याङ लागेर डाेटीमा युवतीकाे मृत्यु <p>डाेटी। डोटीको सायल गाउँपालिका-३, कम्छडामा चट्याङ लागेर एक युवतीको मृत्यु भएकाे छ।</p> <p>प्रहरीका अनुसार मृत्यु हुनेमा २२ वर्षीया उजली बयाडी रहेकी छन्।</p> <p>आफ्नै घरमा बसिरहेका बेला हिजाे, ८ वैशाख साँझ चट्याङ लागेर गम्भीर घाइते भएकी उनको उपचारको लागि जिल्ला अस्पताल ल्याउने क्रममा मृत्यु भएको हो।</p>
प्रतिक्रिया दिनुहोस्