काठमाडौं। प्रहरी प्रधान कार्यालय नक्सालले आज दर्ज्यानी चिन्ह पाएका १० र अन्य चारजना डीआईजीको पदस्थापन गरेको छ।
डीआईजीहरूको पदस्थापन गरिएको फाइल गृहमन्त्रालयले सदर गरेपछि उनीहरूको पदस्थापनको टुंगो लागेको हो।
प्रहरी प्रधान कार्यालयका अनुसार प्रदेश १ मा ईश्वरबाबु कार्की, प्रदेश २ मा धीरजप्रताप सिंह, बागमती प्रदेशमा वसन्त लामालाई जिम्मेवारी दिइएको छ।
त्यस्तै, गण्डकी प्रदेशमा घनश्याम अर्याल, प्रदेश ५ मा रवीन्द्र धानुक, कर्णाली प्रदेशमा बसन्त पन्त र सुदूरपश्चिम प्रदेशमा उत्तमराज सुवेदीलाई जिम्मेवारी तोकिएको छ।
सहकुल थापाले केन्द्रीय अनुसन्धान ब्यूरोको नेतृत्व सम्हाल्ने भएका छन्। अरुण बिसीलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोग र प्रकाशजंग कार्कीलाई प्रहरी प्रतिष्ठान जिम्मेवारी दिइएको छ।
त्यस्तै प्रद्युम्न कार्कीलाई विशेष ब्यूरो, निरज शाहीलाई प्रहरी महानिरीक्षको सचिवालय र सूर्य उपाध्यायलाई राष्ट्रिय सुरक्षा परिषदको सचिवालयको जिम्मेवारी दिइएको प्रहरी उच्च स्रोतले देखापढीलाई बतायो।
विश्वराज पोखरेललाई भने महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा यथावत नै राखिएको छ। २८ चैत बेलुका गृहसचिव महेश्वर न्यौपाने नेतृत्वको बढुवा सिफारिस समितिको बैठकले नेपाल प्रहरीका १० एसएसपीलाई डीआईजीमा बढुवा सिफारिस गरेको थियो।
७ वैशाखको मन्त्रिस्तरीय बैठकले बढुवाको निर्णय गरेको थियो। प्रहरीमा रहेको डीआईजीको २६ दरबन्दीमा १२ दरबन्दी कटौती गरेपछि अब डीआईजीको दरबन्दी १४ मात्रै पुगेको छ।
पढ्नुहोस्
डीआईजी पदस्थापनका लागि गृहको निर्णय कुर्दै प्रहरी प्रधान कार्यालय
डीआईजीमा बढुवा भएका १० प्रहरी अधिकारीहरूलाई दर्ज्यानी चिन्ह प्रदान
" /> काठमाडौं। प्रहरी प्रधान कार्यालय नक्सालले आज दर्ज्यानी चिन्ह पाएका १० र अन्य चारजना डीआईजीको पदस्थापन गरेको छ।डीआईजीहरूको पदस्थापन गरिएको फाइल गृहमन्त्रालयले सदर गरेपछि उनीहरूको पदस्थापनको टुंगो लागेको हो।

">