काठमाडौं। प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले अहिलेको विषम परिस्थितिमा हुन सक्ने कालोबजारी, सामाजिक द्वन्द्व भड्काउने गतिविधि नियन्त्रणमा थप सक्रिय र संवेदनशील भएर काम गर्न पदोन्नति भएका प्रहरी अधिकृतहरूलाई निर्देशन दिएका छन्।
प्रहरी प्रधान कार्यालय नक्सालमा आज आयोजित समारोहमा प्रहरी महानिरीक्षक ज्ञवालीले पदोन्नति भएर जाने स्थानमा शान्ति सुरक्षा प्रभावकारी बनाउन संवेदनशील भएर काम गर्न निर्देशन दिएका हुन्।
कोभिड-१९ का कारण सिर्जना भएको परिस्थितिमा खटिएका प्रहरी अधिकृत तथा जवानहरूको सुरक्षा, स्वास्थ्य संवेदनशीलताका लागि आवश्यक सामग्रीहरूको व्यवस्थापन तथा त्यसको सही प्रयोग, सुरक्षाकर्मीहरूको परिचालनतर्फ संवेदनशील हुन पनि उनले निर्देशन दिए।
आफूले प्राप्त गर्ने जिम्मेवारीहरू एवं संगठनका नीतिहरू पूरा गर्न आफ्नो ज्ञान, सीप, अनुभव तथा कार्यदक्षताको प्रदर्शन गर्न ज्ञवालीले आग्रह गरे।
“प्रहरी संगठनलाई प्रदेशस्तरमा समायोजन गर्ने चुनौती हाल नेपाल प्रहरीसामु छ”, उनले भने, “प्रदेश प्रमुखका रूपमा खटिजाने प्रहरी अधिकृतहरूले आफ्नो भूमिका निर्वाह गर्न अझ बढी संवेदनशील, सचेत, अभ्यस्त र अध्ययनशील हुनुपर्ने छ”, उनले भने।
उनले स्थानीय तहसँग आवश्यक सहकार्य एवं समन्वय गरी आफ्नो दायित्व निर्वाह गर्न पनि निर्देशन दिए।
पदोन्नति भएका अधिकृतहरूको तर्फबाट बोल्दै प्रहरी नायव महानिरीक्षक घनश्याम अर्यालले संगठनले अंगीकार गरेका नीतिहरू एवं आफूले प्राप्त गर्ने जिम्मेवारीलाई व्यावसायिक निष्ठा, क्षमता, पारदर्शिता एवं इमान्दारिताका साथ पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरूलगायत वरिष्ठ प्रहरी अधिकृतहरूकाे उपस्थिति थियाे।
२८ चैत २०७६ मा १० जना प्रहरी वरिष्ठ उपरीक्षकलाई प्रहरी नायव महानिरीक्षकमा बढुवाका लागि सिफारिस गरिएको थियो। ७ वैशाखमा मन्त्रिस्तरीय निर्णयबाट बढुवाको निर्णय सदर भएकाे थियो।
१३ चैत २०७६ मा गृह मन्त्रालय, सचिवस्तरको निर्णयले प्रहरी नियमावली २०७१ को नियम १२९ बमोजिम प्रहरी निरीक्षकबाट प्रहरी नायव उपरीक्षक पदमा पदोन्नति गरिएका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम राउत क्षेत्रीलाई पनि आजै दर्ज्यानी चिन्ह प्रदान गरिएको छ।
" /> काठमाडौं। प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले अहिलेको विषम परिस्थितिमा हुन सक्ने कालोबजारी, सामाजिक द्वन्द्व भड्काउने गतिविधि नियन्त्रणमा थप सक्रिय र संवेदनशील भएर काम गर्न पदोन्नति भएका प्रहरी अधिकृतहरूलाई निर्देशन दिएका छन्।प्रहरी प्रधान कार्यालय नक्सालमा आज आयोजित समारोहमा प्रहरी महानिरीक्षक ज्ञवालीले पदोन्नति भएर जाने स्थानमा शान्ति सुरक्षा प्रभावकारी बनाउन संवेदनशील भएर काम गर्न निर्देशन दिएका हुन्।

">