काठमाडौं। नेपाल प्रहरीको एसएसपीबाट डीआईजीमा बढुवा भएका १० जना प्रहरी अधिकारीहरूलाई पदस्थापन लागि प्रहरी प्रधान कार्यालयले गृहमन्त्रालयको निर्णय पर्खिरहेको छ।
आज १० जनालाई दर्ज्यानी चिन्ह प्रदान गर्दै पदस्थापनको जिम्मेवारी दिने प्रहरी प्रधान कार्यालयको तयारी भएपनि गृहमा पठाइएको सरुवाको फाइल सदर भएर आइसकेको छैन।
प्रहरी प्रधान कार्यालयले बढुवा भएका १० जना डीआईजीसहितका अन्य चारजना डीआईजीको पदस्थापन गरिएको फाइल गृहमन्त्रालयमा पठाइसकेको छ। प्रहरी उच्च स्रोतका अनुसार प्रहरी प्रधान कार्यालयले प्रदेश १ मा ईश्वरबाबु कार्की, प्रदेश २ मा धीरजप्रताप सिंह, बागमती प्रदेशमा वसन्त लामाको पदस्थापनका लागि सिफारिस गरेको छ।
त्यस्तै, गण्डकी प्रदेशमा घनश्याम अर्याल, प्रदेश ५ मा रवीन्द्र धानुक, कर्णाली प्रदेशमा बसन्त पन्त र सुदूरपश्चिम प्रदेशमा उत्तमराज सुवेदीको पदस्थापनका लागि सिफारिस भएको छ।
सहकुल थापालाई केन्द्रीय अनुसन्धान ब्यूरो, अरुण बीसीलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोग, प्रकाशजंग कार्कीलाई प्रहरी प्रतिष्ठानमा सिफारिस गरिएको छ।
अहिले प्रदेश २ मा रहेका प्रद्युम्न कार्कीलाई विशेष ब्यूरो, सीआईबीमा रहेका निरज शाहीलाई प्रहरी महानिरीक्षको सचिवालय र सूर्य उपाध्यायलाई राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा पठाउने तयारी छ।
विश्वराज पोखरेल भने महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा नै रहने छन्। “यहाँबाट फाइल गृहमन्त्रालयमा गइसकेको छ। उताबाट फाइल सदर भइसकेको छैन”, उच्च स्रोतले भन्यो, “एक/दुई ठाउँमा केही फेरबदल पनि हुन सक्छ।”
गृहमन्त्रालयबाट फाइल सदर भएर आइसकेपछि प्रहरी प्रधान कार्यालयले साँझसम्ममा नै डीआईजीहरुको पदस्थापन गरिएको सूचना सार्वजनिक गर्ने तयारी गरेको छ।
डीआईजीको पदस्थापन भएसँगै तत्कालै एसएसपी बढुवा निकालेर अन्य रिक्त स्थानमा खटाउने प्रहरी प्रधान कार्यालयले तयारी छ।
महानगरीय प्रहरी परिसर काठमाडौं, अपराध महाशाखा, लागूऔषध नियन्त्रण ब्यूरो, मानव बेचविखन अनुसन्धान ब्यूरो रिक्त भइसकेका छन्।
२८ चैत बेलुका गृहसचिव महेश्वर न्यौपाने नेतृत्वको बढुवा सिफारिस समितिको बैठकले नेपाल प्रहरीका १० एसएसपीलाई डीआईजीमा बढुवा सिफारिस गरेको थियो। प्रहरीमा रहेको डीआईजीको २६ दरबन्दीमा १२ दरबन्दी कटौती गरेपछि अब डीआईजीकोे दरबन्दी १४ मात्रै पुगेको छ।
" /> काठमाडौं। नेपाल प्रहरीको एसएसपीबाट डीआईजीमा बढुवा भएका १० जना प्रहरी अधिकारीहरूलाई पदस्थापन लागि प्रहरी प्रधान कार्यालयले गृहमन्त्रालयको निर्णय पर्खिरहेको छ।आज १० जनालाई दर्ज्यानी चिन्ह प्रदान गर्दै पदस्थापनको जिम्मेवारी दिने प्रहरी प्रधान कार्यालयको तयारी भएपनि गृहमा पठाइएको सरुवाको फाइल सदर भएर आइसकेको छैन।

">