बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा वृद्ध पक्राउ <p>नुवाकोट। ६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा नुवाकोटमा एक वृद्ध पक्राउ परेका छन्।</p> <p>जिल्ला प्रहरी कार्यालय, नुवाकोटका अनुसार पक्राउ पर्नेमा लिखु गाउँपालिका-४ चौघडा बस्ने ६० वर्षीय कृष्ण पण्डित छन्।</p> <p>विभिन्न प्रलोभन देखाई ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले पण्&zwj;डितलाई नियन्त्रणमा लिएको छ।</p> <p>घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्