काठमाडौं। पशुपति क्षेत्रमा रहेका किरियापुत्री घर कोरोना भाइरसको सन्त्रासका कारण बन्द गरिँदा काजकिरियामा असहज भएको छ।
धनुषाका विमल गौतम हिजोराति आमाको निधन भएपछि दाहसंस्कारका लागि आज बिहान पशुपति पुगे। विद्युतीय शवदाहगृहमा दाहसंस्कारपछि पशुपतिमै किरिया बस्न किरियापुत्री घरका विषयमा बुझ्दा एक सातादेखि सेवा बन्द भएको जानकारी पाएको उनले बताए।
गौतम मात्र होइन एक सातादेखि पशुपति क्षेत्रमा किरियापुत्री सेवा खोज्दै आउनेले यस्तै दुःख पाएको गुनासो गर्ने गरेका छन्। गौतमका आफन्त बिहानभर किरियापुत्री सेवा दिने स्थल खोज्दै मध्यबानेश्वर पुगे। गौतमका दुवै दाजुभाई राजधानीमा कोठामा बस्ने भएकाले काजकिरिया गर्ने स्थलको समस्या भयो।
राजधानीमा घर हुनेले पनि आफूलाई चाहिनेबाहेकका कोठा भाडामा लगाउने गरेकाले तत्काल खाली हुँदैन। यसैले घरधनीको रोजाइ पनि किरियापुत्री घर नै हुन्छ। पशुपतिको अत्यावश्यक एवम् अतिसंवेदनशील यो सेवा बन्द हुँदा धेरैले गुनासो गर्ने गरेका छन्।
पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकाल किरियापुत्री बसेका मानिसलाई भेट्न धेरै आफन्त आएर समस्या भयो भनी सँगै बसेका अरु किरियापुत्रीले गुनासो गर्न थालेपछि सेवा बन्द गर्न बाध्य हुनुपरेको बताउँछन्। “किरियापुत्रीलाई भेट्न आउनेलाई नआऊ भन्न सकिएन, संवेदनशील ठाउँ भएकाले कसैलाई आऊ कसैलाई नआऊ भन्नुभन्दा बाध्य भएर केही दिनलाई कोरोना भाइरसको सङ्क्रमण नफैलियोस् भनी सेवा बन्द गरेका हौँ, यसबाट आम मानिसमा पर्न गएको असुविधाप्रति कोष क्षमा माग्छ”, उनले भने।
पशुपतिको राजराजेश्वरीमा किरियापुत्री सेवाका लागि ४२ कोठाको व्यवस्था गरिएको छ। २२ कोठा ‘एट्याच बाथरुम’सहितका छन्। जसमा दैनिक ५०० रुपैयाँ शुल्क लिइन्छ। २० वटा कोठामा ‘एट्याच बाथरुम’ को व्यवस्था छैन। यस्ता कोठाको दैनिक शुल्क भने २०० रुपैयाँ रहेको पशुपति घाट सेवा प्रमुख कुमार थापा मगरले जानकारी दिए।
११ चैत अघि पशुपतिमा अन्तिम संस्कारका लागि दैनिक ३० देखि ४० शव आउने गरेकामा हाल दैनिक बढीमा १० देखि १५ शव मात्र आएको कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले जानकारी दिए। बन्दाबन्दीका कारण अस्पतालमा आकस्मिक सेवाबाहेक बन्द रहेको, धेरै मानिस राजधानी छोडेर गाउँतिर हिँडेको, विदेशबाट शव आउन बन्द भएको र सडक दुर्घटनासमेत कम भएकाले कम शव आएको हुनसक्ने कोषले जनाएको छ। रासस