फलामको रड प्रहार गरी बाबुको हत्या गरेको आरोपमा छोरा पक्राउ

धनुषा। ५५ वर्षीय बुवा शौकिया सदालाई फलामको रड प्रहार गरी हत्या गरेको आरोपमा धनुषाको शहीदनगर नगरपालिका-९ का ३० वर्षीय नथूनि सदालाई प्रहरीले पक्राउ गरेको छ।

सामान्य घरायसी विवादको क्रममा नथुनिले बुबालाई टाउकोमा फलामको रडले प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको हो।

घटनालगत्तै पुगेको इलाका प्रहरी कार्यालय यदुकुवा र प्रहरी चौकी चोराकोयलपुरको टोलीले छोरा नथुनिलाई पक्राउ गरेको छ।

घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्