भरुवा बन्दुकसहित महिला पक्राउ
<p>कैलाली । कैलालीमा प्रहरीले भरुवा बन्दुकसहित महिलालाई पक्राउ गरेको छ।</p>
<p>मोहन्याल गाउँपालिका- ३ फल्ले बिसौनाबाट अवैध भरुवा बन्दुकसहित स्थानीय धनसरा गिरी पक्राउ परेकी हुन् ।</p>
<p>घरमा अवैध बन्दुक लुकाइछिपाई राखेको सूचनाका आधारमा प्रहरी निरीक्षक अनिष भण्डारी नेतृत्वको टोलीले खानतलासी गरी दुई नाल भरुवा बन्दुक बरामद गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी दक्षकुमार बस्‍नेतले जानकारी दिए। गिरीका श्रीमान् चन्द्रराज भने भाग्‍न सफल भएका छन्।</p>
प्रतिक्रिया दिनुहोस्
