क्यानडामा बन्दुकधारीद्वारा १३ को हत्या

ओटावा। क्यानडामा एक बन्दुकधारीले अन्धाधुन्द गोली चलाएर १३ जनाको ज्यान लिएका छन्। मारिनेमा एक महिला प्रहरी अधिकृत पनि छिन्।

हत्याकाण्ड मच्चाउने गेब्रियल वर्टम्यान नामक बन्दुकधारी पनि मारिएका छन्। उनले प्रहरीको बर्दी लगाएर हत्याकाण्ड मच्चाएका हुन्। पोर्टापिक नामक ग्रामीण शहरमा स्थानीय समयअनुसार शनिबारदेखि ती बन्दुकधारीले मानिसको हत्या गर्न थालेका थिए।

आइतबार उनी मारिएपछि मात्र उक्त इलाका त्रासमुक्त भएको थियो। शहरका विभिन्‍न क्षेत्रमा पुगेर उनले स्थानीय बासिन्दामाथि गोली प्रहार गरेका थिए।

बन्दुकधारीलाई नियन्त्रणमा लिने प्रयास गरिरहेकी प्रहरी अधिकृत हैदी स्टेभन्सनलाई पनि उनले गोली प्रहार गरी हत्या गरे।

बीबीसीका अनुसार क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले घटना भयानक भएको प्रतिक्रिया दिए।

प्रतिक्रिया दिनुहोस्