काठमाडौं। कोभिड–१९ महामारीका कारण देश लकडाउनले ठप्प भएको अवस्थामा राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले गत बुधबार १३औं दक्षिण एशियाली खेलकुद प्रतियोगिताका पदकधारी खेलाडीको बैंक खातामा पुरस्कार रकम जम्मा गरिदियो। यो स्वभाविक प्रकृया थियो। खेलाडी त्यसका हकदार थिए। तर आफ्नो हकको पुरस्कार पाउँदा पनि खेलाडीहरू अन्य बेलाभन्दा बढी नै खुशी भए। खेलाडीले सामाजिक सञ्जालमा व्यक्त गरेका भावनामा पनि त्यही भान हुन्छ।

तेक्वान्दोको पुम्से युगलमा स्वर्ण पदक जितेका संजिवकुमार ओझाले ‘शान्ति सेनाबाट फर्के जस्तै लागेको’ बताए।

महिला भलिबलकी कप्तान अरूणा शाहीले पनि यो परिस्थितिमा पुरस्कार रकम पाएको खुशी व्यक्त गर्दै सबैमा आभार प्रकट गरिन्। त्यस्तै तेक्वान्दोकै अनु अधिकारीले पनि खुशीको आभास हुने भावना फेसबुकको भित्तामा पोखिन्। सामाजिक सञ्जालमा सकृय नहुनेहरू पनि आफूले पाउनै पर्ने रकम हात पर्दा पनि दंग छन्।

१३औं सागमा नेपालले २७ खेलमा ५१ स्वर्ण, ६० रजत र ९६ काश्य गरी कुल २०७ पदक जितेको थियो। जुन नेपाली खेलकुद इतिहासकै सबभन्दा ठुलो उपलब्धि हो। यसअघि नेपालमै सम्पन्न आठौं सागमा नेपालले ३१ स्वर्ण पदक जितेको थियो।

राखेप सदस्यसचिव रमेशकुमार सिलवालले कुनै प्रतियोगिताको पुरस्कार रकम प्रतियोगिता सकिएको केही सातामै खेलाडीको हात पर्ने बताउँदै आएका थिए। उनको भनाईअनुसार खेलाडीले पुरस्कार रकम पाउनुपर्ने समयभन्दा पछाडि पाएका छन्। प्रतियोगिता गत मंसीरमै सकिएको थियो।

सदस्यसचिव सिलवालले घोषणा गरेअनुसार पुरस्कार रकम खेलाडीको हात पर्न ढिला भए पनि यसअघिका प्रतियोगिताहरूमा भन्दा यस पटक खेलाडीहरूले तुलनात्मक रूपमा धेरै अगाडि रकम पाएका छन्। अर्को कोभिड–१९ का कारण सम्पुर्ण खेलकुद गतिविधि स्थगित छन्। सबै घरभित्र थुनिएको अवस्था छ। सबैमा के हुने हो? भन्ने चिन्ता छ। यस्तो अवस्थामा खेलाडीले लाखौं रकम हात पारेको छन्। विशेषत यही दुई कारण खेलाडीहरूमा बढी खुशी देखिएको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ बताउँछन्।

‘‘शुरूमै आइदिएको भए खेलाडीहरू अझै धेरै खुशी हुने थिए। साधारण खेलाडीले लाखौं लाख रूपौयाँ खातामा जम्मा हुँदा खुशी त हुने नै भए,’’ अध्यक्ष श्रेष्ठले भने, ‘‘फेरि यस्तो लक डाउनको अवस्था छ। यो समयमा त पैसा आउँदैन होला भन्ने धेरैको मन थियो होला। तर लकडाउनकै बीचमा रकम पाउँदा उनीहरू खुशी भएका हुन्।’’

तेह्रौं सागमै तेक्वान्दोतर्फ दुई स्वर्ण पदक जित्न सफल आयषा शाक्यको अनुभव पनि दीपक श्रेष्ठको जस्तै छ।

‘‘समयमा आउछ भन्ने लागेकै थिएन। झन् यो लकडाउन भएपछि त हाम्रो आशै मरेको थियो। तर एक्कासी खातामा पैसा आउँदा एकछिन त विश्वास नै भएन,’’ २९ वर्ष माथिको पुम्से महिला एकल र युगलमा स्वर्ण पदक जित्न सफल शाक्यले भनिन्, ‘‘सबैतिर निराशा भइरहेको अवस्था थियो। के होला, कसो होला भन्ने अन्यौलको परिस्थिति थियो। यस्तो अवस्थामा पौसा आउँदा सबै खेलाडीमा उत्साह छाएको छ। खेलकुदमा यो सकरात्मक कुरा हो। यसले खेलाडीलाई अझै उत्प्रेरित गरेको छ।’’

प्रतियोगिता सकिएको चार महीनापछि पुरस्कार रकम पाउँदा पनि खेलाडीमा उत्साह देखिएको छ, खुशी छाएको छ। किनकी विगतका तुलनामा यो धेरै चाँडो हो। यसअघि समयमै खेलाडीले पुरस्कार रकम नपाएको थुप्रै उदहारण छन्। नेपालमै सम्पन्न आठौं सागमै पनि खेलाडीले घोषित पुरस्कार पाउन झण्डै दुई वर्ष कुर्नु परेको थियो।

आयशा शाक्यसँग यसअघि यस्तो चाँडो पुरस्कार रकम प्राप्त गरेको अनुभव रहेनछ। अहिले पनि त्यस्तै हो भन्ने लागेको रहेछ।

तत्कालिन सरकारले पदक विजेता खेलाडीका लागि ‘सरप्राइज’ पुरस्कार घोषणा गरेको थियो। त्यतिबेला ३१ स्वर्ण पदक जितेर नेपाल पदकतालिकाको दोस्रो स्थानमा थियो। त्यतिबेलाको अवस्थामा त्यो नेपालको सबैभन्दा ठुलो उपलब्धि थियो। त्यसैले विजेता खेलाडीलाई सरकारले घडेरी दिने घोषणा गरेको थियो। कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री थिए। उनी हटेर गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री बने। उनी पनि हटे। शेरबहादुर देउवा प्रधानमन्त्री बने। खेलाडी प्रधानमन्त्रीकोमा डेलिगेशन गए। अन्तत: सरकारले घोषित पुरस्कार रकम दिने भयो। तर घोषणा गरिएको घडेरी होइन। त्यसको सट्टा रकम उपलब्ध गराउने भयो– तीन लाख। त्यो पनि दुई किस्तामा उपलब्ध गराएको थियो।

पाकिस्तानमा सम्पन्न नवौं सागमा पदक विजेता खेलाडीले सरकारद्धारा घोषणा गरिएको पुरस्कार रकम हात पार्न झण्डै १० महीना कुर्नु परेको थियो। त्यसपछिका अन्य संस्करणहरूमा पनि खेलाडीको अनुभव आठौं र नवौंको भन्दा फरक छैन। त्यतिमात्र राष्ट्रिय खेलकुद प्रतियोगितामा खेलाडीले जितेको पुरस्कार रकम पाउन पनि लामो समय कुर्नु परेको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)ले गत सिजन शहीद स्मारक ‘ए’ डिभिजन लिगको पुरस्कार रकम दश महीनापछि उपलब्ध गराएको थियो।

नेपाली फुटबल टीमले बंगबन्धु गोल्डकपको उपाधि जित्दा सरकारले तीन लाख नगद पुरस्कार दिने घोषणा गरेको थियो। घोषणा गरिएको उक्त रकम अझै नपाएको प्रशिक्षक बालगोपाल महर्जन बताउँछन्। क्रिकेट खेलाडीले अन्तर्राष्ट्रिय क्षेत्रमा उपाधि जितेर फर्किदा सरकारले घोषणा गर्ने पुरस्कार रकम पाउन पनि खेलाडीले लामो समय कुर्नु परेको उदहारण प्रशस्त छन्।

‘‘यसअघि यस्तो चाँडो पुरस्कार रकम आएको त थाहा छैन,’’ दशौं सागकी पदक विजेता आयषा शाक्यले थपिन्, ‘‘२००६ मा हामीले जित्दा पनि २००७ को मध्यतिर हात पारेका थियौं। अहिले पनि त्यस्तै त हो भन्ने लागेको थियो। अरू खेलाडीले सोध्दा पनि विस्तारै आउँछ भन्ने गर्थे। तर यसपटक समयमै आयो।’’

राखेपले ४३५ पदक विजेता खेलाडीका लागि १९ करोड ५३ लाख रूपैयाँ पठाएको थियो। त्यसमध्ये ९२ पदक विजेताको खातामा तीन करोड ६३ लाख तथा ८७ खेलाडीको बैंक खातामा चार करोड ८२ लाख रूपैयाँ चैत मसान्तमै रकम पठाएको र बाँकी खेलाडीको पुरस्कार रकम भने बुधबार जम्मा गरिदिएको राखेपले जनाएको छ।  प्रशिक्षक र संघको पुरस्कार पठाउने क्रम भने अझै सकिएको छैन।

महिला भलिबल खेलाडी प्रतिभा मालीले पनि ढिलो चाडो रकम पाउने आश भए पनि यो अवस्थामा आउछ भनेर नसोचेको बताइन्। भलिबलमा नेपालले पहिलो पटक रजत पदक जितेको थियो। ऐतिहासिक सफलता हासिल गर्दा टीमको मुख्य सदस्य प्रतिभाले थपिन्, ‘‘एकदिन त आउछ भन्ने नै लागेको थियो। तर यस्तो अवस्थामा आउँछ जस्तो लागेको थिएन। त्यसैले एक किसमको झड्का लागे जस्तै भयो।’’

" /> काठमाडौं। कोभिड–१९ महामारीका कारण देश लकडाउनले ठप्प भएको अवस्थामा राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले गत बुधबार १३औं दक्षिण एशियाली खेलकुद प्रतियोगिताका पदकधारी खेलाडीको बैंक खातामा पुरस्कार रकम जम्मा गरिदियो। यो स्वभाविक प्रकृया थियो। खेलाडी त्यसका हकदार थिए। तर आफ्नो हकको पुरस्कार पाउँदा पनि खेलाडीहरू अन्य बेलाभन्दा बढी नै खुशी भए। खेलाडीले सामाजिक सञ्जालमा व्यक्त गरेका भावनामा पनि त्यही भान हुन्छ।

"> पुरस्कारले खेलाडीलाई दिएको अकल्पनीय खुशी: Dekhapadhi
पुरस्कारले खेलाडीलाई दिएको अकल्पनीय खुशी

प्रतिक्रिया दिनुहोस्