बलात्कार आरोपमा पक्राउ
<p>कैलाली । किशोरी बलात्कारको आरोपका कञ्‍चनपुर प्रहरीले एक वृद्धलाई पक्राउ गरेको छ ।</p>
<p>भीमदत्त नगरपालिकाका ६८ वर्षीय तारादत्त ओझा शनिबार पक्राउ परेका हुन्।</p>
<p>ओझाले २ वैशाखमा १५ वर्षीया किशोरीलाई घरमा आएको मौका छोपेर बलात्कार गरेको आरोप छ। पीडित पक्षको किटानी जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्‍चनपुरका डीएसपी रविन्द्र पौडेलले जानकारी दिए । </p>
<p>परिवारका सदस्य सबै गहुँ काट्न गएको मौका छोपी वृद्धले बालिकाको मुख थुनेर बलात्कार गरेको पीडित पक्षले आरोप लगाएको छ । ओझाविरुद्ध जबरजस्ती करणी आरोपमा मुद्दा दर्ता गरेर अनुसन्धान भइरहेको डीएसपी पौडेलले बताए ।</p>
प्रतिक्रिया दिनुहोस्
