प्रहरी हिरासतबाट फरार एक पक्राउ <p>सिरहा। प्रहरी हिरासतबाट फरार एक युवकलाई सिरहा प्रहरीले पक्राउ गरेको छ।</p> <p>इलाका प्रहरी कार्यालय महेशपुरपतारीको टोलीले हिरासतबाट फरार भएका सिरहा लक्ष्मीपुरपतारी गाउँपालिका-३ निवासी ३३ वर्षीय संजयकुमार यादवलाई पक्राउ गरेको हो।</p> <p>बहुविवाह मुद्दामा थुनामा रहेका यादव गत १४ मंसीरमा हिरासतबाट भागेका थिए। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्