नेकपा संगठन विभागमा ३ जना थपिए
काठमाडौं। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पार्टी संगठन विभागमा ३ जना सदस्य थप गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा भर्खरै सम्पन्न सचिवालय बैठकबाट संगठन विभागमा थप भएकाहरुमा अष्टलक्ष्मी शाक्य, भानुभक्त ढकाल र हरि अधिकारीलाई थप गरिएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले देखापढीलाई बताए।

बैठकमा १४ मंसिरमा हुने उपनिर्वाचनको लागि पार्टीको तर्फबाट उम्मेदवार हुने व्यक्तिहरुको नाम १० कात्तिकभित्र सिफारिश गर्न सम्बन्धित प्रदेश तथा जिल्ला कमिटीहरुलाई निर्देशन दिने निर्णय भएको छ।

प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको हकमा सम्बन्धित जिल्ला कमिटी र प्रदेश कमिटीबाट सिफारिश गरि केन्द्रीय कमिटीले नाम टुंग्याउने छ।

गाउँपालिका र नगरपालिकाको प्रमुख/उपप्रमुख र मेयर /उपमेयरको हकमा नगर कमिटीको सिफारिशमा प्रदेश कमिटीले उम्मेदवारको नाम टुंग्याउने बैठकले निर्णय गरेको छ।

वडाको हकमा भने सम्बन्धित वडा कमिटीको सिफारिशमा जिल्ला कमिटीले उम्मेदवारको अन्तिम टुंगो लगाउने छ।

बैठकमा सभामुखको छनोट र मन्त्रिपरिषद् हेरफेरको विषय भने प्रवेश नभएको प्रवक्ता श्रेष्ठले जानकारी दिए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्