नगदसहित ७ जुवाडे पक्राउ
<p>चितवन। जिल्ला प्रहरी कार्यालय चितवनले भरतपुर महानगरपालिका–२ बालकुमारी रोडबाट जुवातास खेल्ने र खेलाउने ७ जनालाई नगदसहित पक्राउ गरेको छ।</p>
<p>तनहुँ घर भई भरतपुर–२ मा डेरा गरी बस्ने ३५ वर्षीय राजेशकुमार विकले कोठामा जुवातास खेलाइरहेको अवस्थामा २८ असोज राति प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।</p>
<p>पक्राउ पर्नेहरुको साथबाट ७८ हजार ५०५ रूपैयाँ बरामद गरिएको छ।</p>
<p>प्रहरीका अनुसार पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–२ का ३५ वर्षीय राजेश विक, भरतपुर–१ का ३५ वर्षीय कपिल गुरुङ, भरतपुर–१ कै ३५ वर्षीय सरोज पोखरेल, भरतपुर–२ क्षेत्रपुरका ३१ वर्षीय विशाल लामा, गैँडाकोट–९ का ३४ वर्षीय कर्म गुरुङ, भरतपुर–१ का ३५ वर्षीय राजन ठकुरी र लमजुङका ३२ वर्षीय एडेन गुरुङ छन्। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्
