काठमाडौं। सुनिल अछामी मात्रै १४ वर्षका भए। कक्षा पाँचमा पढ्दा पढ्दै पैसा कमाउने लोभमा परे। बाबा आमा पनि काठमाडौंको खाल्डोमा हान्निए।
रामेछापबाट काठमाडौं छिरेका अछामी ललितपुरको गोदावरी नगरपालिका– १३ झरुवाराशीमा रहेको बज्र इँटाभट्टामा खच्चड धपाउने काम गर्छन्। कोरोना भाइरसको महामारीका कारण संसार नै त्राहीमान छ। नेपाल पनि त्यसबाट अछुतो छैन। तर, अछामीलाई त्यसले कुनै फरक पारेको छैन। बिहान घाम उदाउँदा बिउझने उनका आँखा दिनभर खच्चड धपाउँदैमा बित्छ।
मासिक सात हजार रूपैयाँ कमाउँथे अछामीले। पछिल्लो समयमा कोरोना भाइरसको प्रकोपका कारण भट्टामा काम खासै चलेको छैन। तैपनि उनको काम नियमित जस्तै छ। पढ्न छाडेर किन यहाँ आएको त बाबु ? हाम्रो प्रश्नको उत्तर दिन खोजेनन्, उनले। मात्रै फिस्स हाँसे। उनले धपाउँदै गरेको खच्चड पनि हाम्रो कुरा सुने जस्तै गरेर उभिरह्यो। केही समय लगाएर उनले भने “पढ्न मन नलागेरयता आएको। दिनभरि यहीँ काम गर्छु।”
बालश्रमलाई कानूनले बर्जित गरेको भए पनि सो इँटाभट्टाका सञ्चालकले त्यसमा कुनै ध्यान दिएका छैनन्। कोरोना कहरका कारण घर जाऔँ जस्तो त भएको छ रे, उनलाई। तर, सवारी साधन नचलेका कारण लकडाउनमा पनि खच्चड धपाउनु, खच्चडलाई इँटा बोकाउनु उनको दैनिकी बनेको छ। “सर खाने चामल केही छैन, हामीलाई केही दिन आउनुभएको हो र ?” अछामीले भने, “सर काम नभएका कारण हामी त भोकै पर्लाऔँ जस्तो छ, केही राहत पाइन्छ भन्ने सुनेको थियौँ, हामीलाई त कसैले केही दिएका छैनन्।”
.jpg)
इँटाभट्टा सञ्चालकले केही दिएका छैनन् ? हाम्रो अर्को प्रश्न थियो, उनलाई। “छैन सर छैन, केही दिएका छैनन्”, अछामीले धपाइरहेको खच्चडको ढाड गले जस्तो गर्
यो। हिँड न जाऔँ भने जस्तै गरी करायो। चर चर उनका खुट्टा फुटेका छन्।
रिङ्कु सहनी सर्लाहीबाट ललितपुरको झरुवाराशीमा काम गर्न आएका हुन्। भालेको डाँकसँगै इँटाभट्टामा खैलाबैला शुरू हुन्छ। बिहान उदाउँदा उनको काखे बालक पनि सँगै ब्युँउझन्छ। दिनभर इँटा बनाउने उनको दैनिकी उस्तै छ।
सरकारले कोरोना सङ्क्रमण रोक्नका लागि लकडाउन गरे पनि उनलाई कुनै फरक परेको छैन। खाने सामल सकिएकाले चिन्ता बढाएको छ। “छैन सर, छैन, साहुहरू आउँछन् मात्रै केही दिएका छैनन्”, उहाँले भन्नुभयो, “एक हप्तामा एक हजार दिएर गएका थिए, त्यही पैसाले पाँच किलो चामल किनेको, भोलि बिहानसम्मलाई मात्रै पुग्छ, त्यसपछि के गर्ने हो ? कुनै ठेगान छैन।” हामीसँग कुरा गर्दै गर्दा उनको बच्चा ब्युँझियो र रुन थाल्यो।
.jpg)
उमेशबहादुर श्रेष्ठ सर्लाहीको वरहथवाबाट भट्टा पार्न बज्र इँटाभट्टामा आएका हुन्। उनको कमाण्डमा २२ जनाले इँटा बनाउने काम गर्छन्।
“हाम्रो कुनै माग छैन, घर जान पाए हुन्थ्यो, घर पठाइदिन सक्नुहुन्छ त सर ? चुल्हो बाल्नलाई चामल छैन, साहुजीहरू हाम्रो मेहनतबाट धेरै पैसा कमाउँछन्, विपद्को समयमा हेरेनन्, अब यहाँ बस्नै मन छैन, कोरोनाको डरभन्दा पनि भोकको डर ठूलो भइसक्यो”, पसिनाले लपक्कै भिजेको निधार पुछ्दै उनले भने, “धुलोमा खेलेर हामीले धेरैका घर बनायौँ, धेरैका सपना साकार बनाइदियौँ, साहुहरूलाई थप धनी बनाइदियौँ, तर हामीलाई विपद्को समयमा हेरिदिने कोही भएनन्।”
१७ चैतमा सोही उद्योगमा काम गर्ने उनका केही सहकर्मी घर गए। कोरोनाको कहरसँग लड्नका लागि सरकारले सामाजिक दूरी कायम गर्न भने पनि उद्योगमा कुनै पालना गरिएको छैन। “घर जान पाए खोले, आटो पीठो भए पनि खान पाउँथ्यौँ, हामी त यहाँ भोकै मर्ने भयौँ”, टकीकाबहादुर खड्गीको पनि उस्तै गुनासो छ।
“पैसा पनि छैन, सातु चामल किनेर ल्याउन पनि, बजारमा जान पनि पाइँदैन, लकडाउनमा पुलिसले जान दिँदैनन्, कि त घर जाने वातावरण बनाइदिनुपर्यो, कि त यहाँ बस्ने वातावरण बानइदिनुपर्यो”, खड्गीले भने।
सर्लाहीका प्रेम थापालाई पनि आगामी दिन कसरी बिताउने भन्ने चिन्ताले सताएको छ। छोरा छोरीसहित भट्टामा बस्दै आएका थापालाई कोही कसैले राहत दिए, आफूहरूको प्राण धानिथ्यो कि भन्ने लागेको छ। भट्टा सञ्चालकले हप्तामा दिने एक हजार रूपैयाँले केही नहुने र घर पठादेऊ भनेको लामो समय भए पनि कोही कसैले नसुनेको भन्दै थापाले आक्रोश व्यक्त गरे।
सरकारले जुन स्थानमा बसेको छ, त्यही बस्नुपर्छ भन्ने थाहा पाएका थापा भन्छन्, “त्यसो भए साहुहरूले हामीलाई जीवन धान्ने वातावरण त बनाइदिनुपर्यो नी।”
.jpg)
रामहरि भुजेलको पनि उस्तै पीडा छ। क्षयरोगका बिरामी भुजेलले नियमित औषधि नपाएको पनि १५ दिन भएछ। “औषधि लिन जान पाएको छैन, भट्टा सञ्चालकलाई दशौँ पटक भने पनि सुनुवाइ भएको छैन”, भुजेलले भने, “म जस्ता रोगीका लागि केही त पहल गरिदिनुपर्यो।”
उद्योग परिसरमा बसे पनि आफूहरू जेलमा बसेको जस्तो लागेको भुजेलको भनाइ छ। “कोरोनाले होइन, भोकले पो मार्ला जस्तो भयो, हाम्रा लागि केही उपाय छ त ? सर”, भुजेलले भने।
प्रेमबहादुर काफ्ले पनि उद्योगमा इँटा बनाउने काम गर्छन्। काम पनि छैन। पैसा पनि छैन। अब कसरी प्राण धान्ने भन्ने चिन्ताले सताएको छ काफ्लेलाई। इँटा बोकेका खच्चडले उडाउने धुलो जस्तै ती मजदूरको भावना उडिरहेको छ। ती मानव हुन् र उनीहरूलाई भोक लाग्छ, उनीहरूलाई पनि पीडा हुन्छ भन्ने उद्योग सञ्चालकले बुझेका छैनन्। करिब ४०० मजदुर भट्टामा कार्यरत छन्। सर्लाही, काभ्रेपलाञ्चोक, रामेछाप, रोल्पा, सल्यान र नेपालगञ्जका कामदार कार्यरत छन्। यस्तै भारतबाट आएका पनि उद्योगमा कार्यरत छन्।
जावेद कजगर नेपालगञ्जबाट आएका हुन्। खच्चडमा इँटा बोक्ने उनको दैनिकी थियो। “घर जान पाए हुन्थ्यो, भोकले मार्ने भयो, सरकार, साहुजीहरूले हाम्रा कुरा सुनेनन्, हाम्रो पीडा कसले सुनिदिन्छ ?”, उनले भने।
रोल्पाका देउसरा बुढालाई पनि कोरोनालेभन्दा पनि भोकले सताएको छ। विगत दुई वर्षदेखि सो भट्टामा इँटा बनाउँदै आएकी बुढालाई घर जान पाए हुन्थ्यो, जस्तो लागेको छ। तर, अवस्था त्यस्तो छैन। खाने सामल कसले देला भन्ने मात्रै चिन्ता छ उनलाई।
.jpg)
सुरज चौपाल भारतीय नागरिक हुन्। चन्द्र शेखर दास पनि उतैका हुन्। इँटाको भट्टीमा काम गर्ने उनीहरूलाई पनि आफ्नो मुलुकमा कोरोनाले असर पारे पनि नेपाल अझै सुरक्षित लागेको छ। “यहाँ धेरै सुरक्षित छ, तर भोकले दिने पीडा भने धेरै भयावह छ, हामी पनि मान्छौँ, भोक लाग्छ भन्ने कुरा कस्ले सुनिदेला र खै ?”, दासले भने ।
इँटा उद्योगका ६जना सञ्चालकमध्ये एक बेखा देसार मजदुरले उठाएको माग जायज रहेको बताउँछन्। “हामीले केही जो हो त गरेका छौँ, सवारी साधन नचल्दा खाद्यान्न ल्याउन सकिएको छैन। हामी पहल गर्दैर्छौं”, उनले भने, “हामीले सकेजति गर्छौं, स्थानीय वडा कार्यालयलाई पनि आवश्यक वातावरण बनाइदिन भनेका छौँ।”
मजदुरहरूलाई समस्या नपार्ने उनको भनाइ छ। “हामी आफैं पनि समस्यामा परेका छौँ, उनीहरूलाई पनि हाम्रो समस्या थाहा छ, कुनै न कुनै व्यवस्थापन गरौँला र गरिरहेका छौँ”, देसारले भने।
गोदावरी नगरपालिका– १३ का वडाध्यक्ष भास्कर थापाका अनुसार उद्योगमा काम गर्ने मजदुरको प्रबन्ध गर्ने जिम्मेवारी उद्योग सञ्चालकको नै हो। “सञ्चालकले अरु बेला कमाउने, विपद्का बेलामा मजदुर भोकै राख्न पाउँदैनन्, कुनै पनि मजद्र उद्योगमा भोकै रहेको जानकारी आए उद्योग सञ्चालक कारबाहीमा पर्छन्”, उनले भने।
सोही वडामा मात्रै पाँच इँटाभट्टा छन्। ती सबैमा एकै प्रकारको समस्या छ। उद्योग सञ्चालक सकेसम्म मजदुरको सम्पर्कमा नै आउन नचाहने, आइहाले पनि बहाना बनाएर पन्छने गरेका छन्। अध्यक्ष थापाले भने, “त्यस्ता गुनासा आएका छन्, मजदुरलाई समस्यामा पारे भने हामीले ती उद्योग सञ्चालकलाई कारबाही गर्नुको विकल्प हुँदैन।” रमेश लम्साल/रासस
" /> काठमाडौं। सुनिल अछामी मात्रै १४ वर्षका भए। कक्षा पाँचमा पढ्दा पढ्दै पैसा कमाउने लोभमा परे। बाबा आमा पनि काठमाडौंको खाल्डोमा हान्निए।रामेछापबाट काठमाडौं छिरेका अछामी ललितपुरको गोदावरी नगरपालिका– १३ झरुवाराशीमा रहेको बज्र इँटाभट्टामा खच्चड धपाउने काम गर्छन्। कोरोना भाइरसको महामारीका कारण संसार नै त्राहीमान छ। नेपाल पनि त्यसबाट अछुतो छैन। तर, अछामीलाई त्यसले कुनै फरक पारेको छैन। बिहान घाम उदाउँदा बिउझने उनका आँखा दिनभर खच्चड धपाउँदैमा बित्छ।

">