लकडाउनको मौकामा चित्तल मार्ने नौ जना चितवनमा पक्राउ
चितवन। चितवन राष्ट्रिय निकुञ्जमा ‘लकडाउन’को मौका छोपेर चित्तल मारेको अभियोगमा नौ जना पक्राउ परेका छन्।

चित्तल मारेर खाँदै गरेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको निकुञ्जले जनाएको छ।

निकुञ्जका सहायक संरक्षण अधिकृत प्रकाश उपाध्यायका अनुसार गएको ३० चैतमा चित्तलको सुकुटी खाँदै गरेको सूचनाका आधारमा निकुञ्जको संयुक्त गस्ती टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ परेकाको अनुसन्धान भई मुद्दा प्रक्रियामा रहेकाले विस्तृत विवरण खुलाउन नमिल्ने उपाध्यायले जानकारी दिए।

प्रारम्भिक जानकारीअनुसार चित्तल मारेर सुकुटी बनाएर खाँदै गरेको अवस्थामा निकुञ्जको टोलीले पक्राउ गरेको हो। रासस

प्रतिक्रिया दिनुहोस्