काठमाडाैं। बिहानको नियमित अभ्यास सकेर सञ्जीवकुमार ओझा ब्यारेक फर्के। खानपिन सके, अनि लागे ब्यारेकतर्फ। जहाँ कोरोना भाइरसको संक्रमणको रोकथाम तथा यसबाट जोगिने उपायबारे आयोजित प्रशिक्षण कार्यक्रममा सहभागी भए। त्यो सक्काएर उनी पुनः ब्यारेक नै फर्किए।
दिउँसो उनको मोबाइलमा म्यासेज आयो। उनलाई लाग्यो कोरोना भाइरसबारेकै केही सन्देश होला। अलिकपछि सञ्जीवले म्यासेज राम्रोसँग हेरे। उनको बैंक खातामा ६ लाख रूपैयाँ जम्मा भएको रहेछ। उनले उक्त म्यासेज पटकपटक दोहोर्याइ तेहर्याइ हेरे। विश्वासै लागेन पैसा आएको होला भनेर। पत्यार नलागेपछि काठमाडौंमा रहेका अरू खेलाडी साथीसित सो रकमबारे जानकारी गराए।
“खातामा पैसा आएको होला भन्ने विश्वासै लागेन”, हाल कास्कीको पोखरामा रहेका सञ्जीवले भने, “पुरस्कारबापतको रकम मेरो खातामा मात्र आएको रहेछ।”
सञ्जीव तेक्वान्दो खेलाडी हुन्। उनले गत मंसीरमा नेपालमा सम्पन्न १३औँ दक्षिण एशियाली खेलकुद (साग) मा तेक्वान्दोतर्फ पेयर पुम्सेमा आयशा शाक्यसँग मिलेर नेपाललाई स्वर्ण पदक दिलाएका थिए। साग सकिए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले पदक जित्ने खेलाडीका लागि हालसम्मकै ठूलो रकमको घोषणा गरेका थिए।
घोषणा भएको चार महीना बित्दा पनि खेलाडी तथा प्रशिक्षकले पुरस्कार रकम प्राप्त गर्न सकेका थिएन। सञ्जीवको बैंक खातामा हिजाे, ३ वैशाखमा जम्मा भएको ६ लाख रूपैयाँ त्यही पुरस्कारबापत्को रकम थियो। उक्त रकम प्राप्त गर्ने उनी पहिलो खेलाडी बनेका छन्।
“मसँगै मिलेर स्वर्ण जितेकी आयशा शाक्यलाई फोन गरे, उहाँले रकम पाउनु भएको रहेनछ”, नेपाली सेनामा कार्यरत हवल्दार सञ्जीवले भने, “पुरस्कार रकम प्राप्त गर्ने म मात्र रहेछु, अरूलाई सायद अब आउला।”
कोरोना भाइरसको संक्रमणका बेला पुरस्कार रकम पाउने आफूले आश नगरेको उनले बताए। “यस्तो आपतका बेला पैसो पाइला भन्ने पटक्कै विश्वास थिएन”, उनले खुशी व्यक्त गर्दै भने, “पुरस्कार पाउँदा शान्ति सेना (शान्ति मिसन) बाट फर्के जस्तै लागेको छ।” उनलाई साथीहरूले शान्ति सेनाबाट आएको जस्तो यतै भयो भन्दै जिस्क्याए पनि। सञ्जीवले हालसम्म सेनाबाट शान्ति मिसनमा जान भने पाएका छैनन्।
सञ्जीव मात्र होइन अरू खेलाडीका लागि यही नै अहिलेसम्मको ठूलो पुरस्कार रकम हो।
“खेलाडी खेलेरै बाँच्न सक्ने आधार राज्यले तथा अरू निकायले बनाइ दिनुपर्छ, हाेइन भने नयाँ प्रतिभा जन्मिन सहज छैन।”
हेटौंडा उपमहानगरपालिका–४ घर भएका सञ्जीवले गाउँमै तेक्वान्दोको प्रशिक्षण लिएका हुन्। घरको आर्थिक अवस्था राम्रो नभएका कारणले उनी हेटौंडामै नेपाली सेनामा भर्ना भए। अनि सेनाको त्रिभुवन आर्मीमा आवद्ध भएर तेक्वान्दोलाई निरन्तरता दिन थाले।
“सेनामा भर्ना नभएको भए म खेल खेलिरहेको हुन्नथे”, उनले घरको अवस्था सम्झिँदै भने, “खेल्नका लागि आधार चाहिएको थियो, जुन सेनाको जागिरले सहज बनाइ दियो।”
उनका बुबा होमबहादुर भारतमा मजदुरी गर्दथे। उतै बिते। त्यसपछि सञ्जीवको पालनपोषणको जिम्मा ठूलो बुबा श्रीराम र ठूली आमा मीठुकुमारीले लिइन्। केही वर्ष अघि उनका ठूलो बुबाको पनि निधन भइसकेको छ। हाल घरमा ठूली आमा र भाइ बुहारी छन्।
“अब यो रकमले काठमाडौंमा डेरा व्यवस्थित गर्ने योजना छ”, सञ्जीवले भावी योजना सुनाए, “ठूली आमालाई काठमाडौँ ल्याइ साथमा राखेर राम्रोसँग रेखदेख गर्ने सोच बनाएको छु।”
१० वर्ष सेनामा जागिर खाइसकेका सञ्जीव अविवाहित हुन्।
नेपालमा सेना, प्रहरी र शसस्त्र प्रहरीको विभागीय टोलीका भरमा खेलाडी बाँचेको सञ्जीवको बुझाइ छ। यो बाहेक खेलाडीलाई सिक्ने तथा भविष्य बनाउने आधार बनिसकेको छैन। “खेलाडी खेलेरै बाँच्न सक्ने आधार राज्यले तथा अरू निकायले बनाइ दिनुपर्छ”, उनले भने, “हाेइन भने नयाँ प्रतिभा जन्मिन सहज छैन।”
सन्जीवले रकम पाए पनि आयशाले भने रकम पाउन सकेकी छैनन्। “अहिले लकडाउनका कारण रकम पठाउन असहज भयो होला”, तेक्वान्दोका कीर्तिमानी खेलाडी एवं आयशाका श्रीमान दीपक विष्टले भने, “जे होस् खेलाडी घोषणा भएको पुरस्कार पाउन थाले, धेरै खुशी लागेको छ।”
विष्ट तेक्वान्दोका प्रशिक्षक हुन्। आयशा सागमा दोहोरो स्वर्ण जित्न खेलाडी हुन्।
राष्ट्रिय टोली तयारी समितिका निर्देशक तथा १३औँ साग राष्ट्रिय टोली तयारी समितिका सचिव महेन्द्र राईले सागमा पदक प्राप्त सबै खेलाडीको विवरण र पाउनुपर्ने रकम कोष तथा लेखा नियन्त्रण कार्यलय (कोलेनिका) मा पठाइसकेको जानकारी दिए। चाँडै अन्य खेलाडी तथा प्रशिक्षकले पुरस्कार रकम पाउने उनकाे भनाइ छ। रासस
" /> काठमाडाैं। बिहानको नियमित अभ्यास सकेर सञ्जीवकुमार ओझा ब्यारेक फर्के। खानपिन सके, अनि लागे ब्यारेकतर्फ। जहाँ कोरोना भाइरसको संक्रमणको रोकथाम तथा यसबाट जोगिने उपायबारे आयोजित प्रशिक्षण कार्यक्रममा सहभागी भए। त्यो सक्काएर उनी पुनः ब्यारेक नै फर्किए।दिउँसो उनको मोबाइलमा म्यासेज आयो। उनलाई लाग्यो कोरोना भाइरसबारेकै केही सन्देश होला। अलिकपछि सञ्जीवले म्यासेज राम्रोसँग हेरे। उनको बैंक खातामा ६ लाख रूपैयाँ जम्मा भएको रहेछ। उनले उक्त म्यासेज पटकपटक दोहोर्याइ तेहर्याइ हेरे। विश्वासै लागेन पैसा आएको होला भनेर। पत्यार नलागेपछि काठमाडौंमा रहेका अरू खेलाडी साथीसित सो रकमबारे जानकारी गराए।

">