रानीपोखरी तानिए महाराजगञ्ज वृत्तका डीएसपी लम्साल

काठमाडौं। त्रिवि शिक्षण अस्पताल महाराजगञ्‍‍जका तीनजना चिकित्सकमाथि हातपात र लाठी प्रहार भएको घटनापछि महानगरीय प्रहरी वृत्त महाराजगञ्‍जका डीएसपी उमेश लम्साल महानगरीय प्रहरी कार्यालय, रानीपोखरी तानिएका छन्।

महानगरीय प्रहरी कार्यालयका प्रवक्ता एसएसपी श्याम ज्ञवालीले घटनाको छानविनका लागि डीएसपी लम्साललाई महानगरीय कार्यालयमा तानिएको जानकारी दिए।

महाराजगञ्‍ज वृत्तमा अर्का डीएसपी पठाउने तयारी भइरहेको छ। तर व्यक्तिको टुंगो लागेको छैन।

महानगरीय प्रहरी कार्यालयले एसएसपी किरण बज्राचार्यको नेतृत्वमा तीन सदस्यीय छानविन समिति बनाएको छ। समितिमा अपराध महाशाखाका एसपी मुकेश सिंह र काठमाडौं प्रहरी परिसरका डीएसपी होविन्द्र बोगटी सदस्य छन्। समितिले सम्बन्धित पक्षसँग आवश्यक सोधपुछ अगाडि बढाइएको जनाएको छ।

अस्पतालबाट ड्युटी सकेर हिजो साँझ घरतर्फ जाने क्रममा कान्ति बाल अस्पतालको पछाडि भ्यानमा आएको प्रहरी टोलीले हातपात र लाठीचार्ज गरेको चिकित्सकहरूको आरोप छ।

प्रतिक्रिया दिनुहोस्