काठमाडौं । रोजगारीको सिलसिलामा साउदी अरबमा रहँदा मृत्यु भएका नरबहादुर कार्कीको शव ल्याउन समस्या भएको छ । बागलुङको काठेखोला गाउँपालिका–७ रेश पिडाल्लाका कार्कीको १७ असोजमा साउदीमा काम गर्ने क्रममा मृत्यु भएको थियो ।

साउदीको सेल अल रेढाइ कम्पनीमा कार्यरत कार्की अचानक बिरामी परेपछि उपचारका क्रममा निधन भएको थियो । मृत्यु भएको दुई साता बित्दा पनि आफन्तले शव बुझ्न पाएका छैनन् । दूतावास र कम्पनीका कारण शव बुझ्न समस्या भएको मृतकका ज्वाइँ रामु कार्कीले जानकारी दिए ।

मृत्यु भएको १३ दिन बित्दासमेत शव ल्याउन नसक्दा पीडित परिवारलाई थप पीडा भएको छोरी विष्णु कार्कीले बताईन् । साउदीका लागि नेपाली दूतावासले कम्पनीले आधिकारिक पत्र लिएर कम्पनीकै प्रतिनिधि आउनुपर्ने भन्दै शव पठाउन नमानेको परिवारले जनाएको छ ।

“कम्पनीले हालसम्मको ज्याला तथा शव पठाउने खर्च दूतावासलाई बुझाइसक्दासमेत दूतावासले हालसम्म शव पठाउन कुनै चासो दिएको छैन”, ज्वाइँ कार्कीले भने, “सबैलाई शव नेपाल ल्याउन सहयोग गर्न आग्रह गर्न चाहन्छु ।”

मृतकको शव साउदीस्थित एक अस्पतालमा रहेको छ । वैदेशिक रोजगारीका सिलसिलामा साउदीमा मृत्यु भएका कार्कीका श्रीमतीसहित चार छोरी छन् ।

" /> काठमाडौं । रोजगारीको सिलसिलामा साउदी अरबमा रहँदा मृत्यु भएका नरबहादुर कार्कीको शव ल्याउन समस्या भएको छ । बागलुङको काठेखोला गाउँपालिका–७ रेश पिडाल्लाका कार्कीको १७ असोजमा साउदीमा काम गर्ने क्रममा मृत्यु भएको थियो ।

साउदीको सेल अल रेढाइ कम्पनीमा कार्यरत कार्की अचानक बिरामी परेपछि उपचारका क्रममा निधन भएको थियो । मृत्यु भएको दुई साता बित्दा पनि आफन्तले शव बुझ्न पाएका छैनन् । दूतावास र कम्पनीका कारण शव बुझ्न समस्या भएको मृतकका ज्वाइँ रामु कार्कीले जानकारी दिए ।

मृत्यु भएको १३ दिन बित्दासमेत शव ल्याउन नसक्दा पीडित परिवारलाई थप पीडा भएको छोरी विष्णु कार्कीले बताईन् । साउदीका लागि नेपाली दूतावासले कम्पनीले आधिकारिक पत्र लिएर कम्पनीकै प्रतिनिधि आउनुपर्ने भन्दै शव पठाउन नमानेको परिवारले जनाएको छ ।

“कम्पनीले हालसम्मको ज्याला तथा शव पठाउने खर्च दूतावासलाई बुझाइसक्दासमेत दूतावासले हालसम्म शव पठाउन कुनै चासो दिएको छैन”, ज्वाइँ कार्कीले भने, “सबैलाई शव नेपाल ल्याउन सहयोग गर्न आग्रह गर्न चाहन्छु ।”

मृतकको शव साउदीस्थित एक अस्पतालमा रहेको छ । वैदेशिक रोजगारीका सिलसिलामा साउदीमा मृत्यु भएका कार्कीका श्रीमतीसहित चार छोरी छन् ।

"> साउदीमा मृत्यु, शव ल्याउनै समस्या: Dekhapadhi
साउदीमा मृत्यु, शव ल्याउनै समस्या
काठमाडौं । रोजगारीको सिलसिलामा साउदी अरबमा रहँदा मृत्यु भएका नरबहादुर कार्कीको शव ल्याउन समस्या भएको छ । बागलुङको काठेखोला गाउँपालिका–७ रेश पिडाल्लाका कार्कीको १७ असोजमा साउदीमा काम गर्ने क्रममा मृत्यु भएको थियो ।

साउदीको सेल अल रेढाइ कम्पनीमा कार्यरत कार्की अचानक बिरामी परेपछि उपचारका क्रममा निधन भएको थियो । मृत्यु भएको दुई साता बित्दा पनि आफन्तले शव बुझ्न पाएका छैनन् । दूतावास र कम्पनीका कारण शव बुझ्न समस्या भएको मृतकका ज्वाइँ रामु कार्कीले जानकारी दिए ।

मृत्यु भएको १३ दिन बित्दासमेत शव ल्याउन नसक्दा पीडित परिवारलाई थप पीडा भएको छोरी विष्णु कार्कीले बताईन् । साउदीका लागि नेपाली दूतावासले कम्पनीले आधिकारिक पत्र लिएर कम्पनीकै प्रतिनिधि आउनुपर्ने भन्दै शव पठाउन नमानेको परिवारले जनाएको छ ।

“कम्पनीले हालसम्मको ज्याला तथा शव पठाउने खर्च दूतावासलाई बुझाइसक्दासमेत दूतावासले हालसम्म शव पठाउन कुनै चासो दिएको छैन”, ज्वाइँ कार्कीले भने, “सबैलाई शव नेपाल ल्याउन सहयोग गर्न आग्रह गर्न चाहन्छु ।”

मृतकको शव साउदीस्थित एक अस्पतालमा रहेको छ । वैदेशिक रोजगारीका सिलसिलामा साउदीमा मृत्यु भएका कार्कीका श्रीमतीसहित चार छोरी छन् ।

प्रतिक्रिया दिनुहोस्