पुनर्निर्माण प्राधिकरणका सचिव सापकोटाद्वारा पदभार ग्रहण
<p>काठमाडौं। राष्‍ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव रामकृष्ण सापकोटाले पदभार ग्रहण गरेका छन्।</p>
<p>सापकोटालाई २ वैशाखको मन्त्रिपरिषद् बैठकले प्राधिकरणमा सरुवा गर्ने निर्णय गरेको थियो।</p>
<p>यसअघि उनी नेपाल ट्रष्‍टमा सचिवको रूपमा कार्यरत् थिए। </p>
<p>इञ्जिनियर सापकोटाले त्यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोग, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय, स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभाग (डोलिडार) लगायतको निकायमा काम गरेका थिए।</p>
प्रतिक्रिया दिनुहोस्
