चितवन राष्ट्रिय निकुञ्जमा जमेको पानीभित्र गैँडा मृत भेटियो

चितवन। चितवनमा फेरि एउटा गैँडा मृत भेटिएको छ।

चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत सुखीभार क्षेत्रको कोर इलाका चिसापानीमा जमेको पानीभित्र गैँडा मृत फेला परेको हो।

उक्त भाले गैँडाको खाग र खुर भने सुरक्षित रहेको छ। हिजो, ३ वैशाख दिउँसो गैँडा मृत अवस्थामा भेटिएको निकुञ्जका सहायक संरक्षण अधिकृत प्रकाश उप्रेतीले बताए।

उनले भने, “बुढो अवस्थाको गैँडा घोलमा डुबेको रहेछ, उद्धार गर्न पुग्दा मृत्यु भइसकेको रहेछ ।”

धेरैजसो गैँडा निकुञ्जको सुखीभार क्षेत्रमै छन् ।

चितवन राष्ट्रिय निकुञ्जमा गत साउनदेखि अहिलेसम्म २४ गैँडाको मृत्यु भएको छ। रासस

प्रतिक्रिया दिनुहोस्