प्रशासनमा पदपूर्तिका लागि सिनेट स्थगित गर्ने ट्रम्पको धम्की
<p>वासिङ्टन। अमेरिकी राष्‍ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो प्रशासनमा रिक्त पदपूर्तिका लागि संसदका दुवै सदनले मन्जुरी नदिए बैठक नै स्थगित गर्ने धम्की दिएका छन्।</p>
<p>स्थानीय समयअनुसार बुधबार दैनिक कोरोना भाइरस ब्रिफिङमा उपस्थित भएका ट्रम्पले आफ्नो धेरै समय सिनेटलाई गाली गर्नमा खर्चिए। र, विपक्षी डेमोक्रेटिक पार्टी आफूले गरेको मनोनयनमा अवरोध सिर्जना गरेको आरोप लगाए।</p>
<p>सीएनएनका अनुसार संघीय सरकारका धेरै पद रिक्त छन्। तर, तिनको पूर्तिका लागि ट्रम्पले कसैलाई चुनेका छैनन्। उनले अगाडि सारेका नामले सिनेटमा सुनुवाइका लागि अनुमति पनि पाएका छैनन्।</p>
<p>संविधानले आफूलाई कंग्रेस बैठक स्थगित गर्ने अधिकार दिएको ट्रम्पको भनाइ थियो।</p>
प्रतिक्रिया दिनुहोस्
