पशुपतिमा फेला पर्यो ४५ किलो सुन
<p>काठमाडौं । पशुपतिनाथ मन्दिरमा करिब ४५ किलो सुन चढाइएको तथ्य फेला परेको छ । यसअघि पशुपति क्षेत्र विकास कोषले बर्षदिन लगाएर तयार पारेको प्रतिवेदनमा ५६ बर्षको अवधिमा ९ किलो मात्र सुन देखाएको थियो ।</p>
<p>हालसम्म चढाइएको सुन ९ किलोमात्र भनेर समाचार प्रकाशित भएपछि सर्वत्र विरोध भएको थियो । त्यसपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत गठित श्रीपशुपतिनाथ सम्पत्ति संरक्षण तथा गुठीजग्गा अध्ययन एवम् छानबिन समितिले पुन: खोजी गर्दा सुनको यो तथ्य फेला परेको समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकले लेखेको छ । <br />
</p>
प्रतिक्रिया दिनुहोस्
