काठमाडौं। जाभियर मास्चेरानोले बार्सिलोनाका सहयात्री लियोनल मेस्सीकाे स्तर धेरै माथि रहेको बताएका छन्। उनले मेस्सी मैदानमा जे गर्न सक्छन्, त्यो अरू खेलाडीले गर्न नसक्ने बताए।
मास्चेरानोका अनुसार मेस्सीले सही समयमा सही निर्णय लिन सक्ने र त्यसलाई बिना गल्ती कार्यान्वयन गर्न सक्ने क्षमता भएका कारण अन्य खेलाडीभन्दा उनको स्तर माथि भएको हो।
अर्जेन्टिनाका पूर्वकप्तान मास्चेरानोले मेस्सीसँग बार्सिलोनामा आठ वर्षसँगै खेले। मास्चेरानोले त्यस समयमा पाँच ला लिगा, दुई च्याम्पियन्स लिग र दुई क्लब विश्वकपसहित १९ उपाधि जितेका छन्। मास्चेरानोले २०१८ मा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिनुअघि ६ पटकका बालोन डी‘अर अवार्ड विजेता मेस्सीसँग अर्जेन्टिनाबाट पनि सँगै खेलेका थिए।
अहिले स्टडियन्ट्स डी ला प्लाटाबाट खेलिरहेका मास्चेरानोले अझै पनि मेस्सीको खेल देखेर आफू दंग पर्ने बताए। मास्चेरानोले बार्सिलोनाका स्टार मेस्सी आफ्नै सुन्दर खेल कौशलबाट खेलमा विपक्षीमाथि हाबी हुने बताए। जुन अन्य खेलाडीबाट आशा गर्न नसकिने उनको भनाइ थियो।
‘‘धेरै जसो राम्रो खेलाडीले राम्रो निर्णय लिन सक्छन्। तर, उनीहरूले त्यसलाई कार्यान्वयन गर्न सक्दैनन। वा जसले गर्न सक्छन् त्यसले सही निर्णय लिन सक्दैन’’, एक रेडियो अन्तरवार्तामा मास्चेरानोले भने, ‘‘सही निर्णय र कार्यान्वयन क्षमताले फुटबलमा धेरै फरक पार्छ। र, मेस्सीसँग त्यो दुवै क्षमता छ। त्यसका साथै तेज गतिका कारण अन्य खेलाडीभन्दा फरक छन्।’’
" /> काठमाडौं। जाभियर मास्चेरानोले बार्सिलोनाका सहयात्री लियोनल मेस्सीकाे स्तर धेरै माथि रहेको बताएका छन्। उनले मेस्सी मैदानमा जे गर्न सक्छन्, त्यो अरू खेलाडीले गर्न नसक्ने बताए।मास्चेरानोका अनुसार मेस्सीले सही समयमा सही निर्णय लिन सक्ने र त्यसलाई बिना गल्ती कार्यान्वयन गर्न सक्ने क्षमता भएका कारण अन्य खेलाडीभन्दा उनको स्तर माथि भएको हो।

">