बालिका बलात्कार आराेपमा कैलालीमा तीनजना पक्राउ <p>कैलाली। कैलालीमा एक बालिका बलात्कृत भएकी छन्।</p> <p>बाख्रा चराइरहेकी १५ वर्षीया बालिकालाई हिजाे, २ वैशाख साँझ डरत्रास देखाई तीनजनाले बलात्कार गरेकाे कैलाली प्रहरीले जनाएकाे छ।</p> <p>बालिका बलात्कार आराेपमा जोशीपुर गाउँपालिका-४, लालपुर वाणीका रामकुमार चौधरी (२९),&nbsp; सोही ठाउँका मंगल चौधरी (२२) र सुरेशकुमार चौधरी (३१) लाई घटनास्थलबाटै नियन्त्रणमा लिएको कैलाली प्रहरी प्रवक्ता डीएसपी दक्षकुमार बस्नेतले जानकारी दिए।</p> <p>उनका अनुसार कैलाली जिल्ला अदालतबाट १५ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेकाे छ।</p>
प्रतिक्रिया दिनुहोस्