काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले त्रिभुवन विमानस्थल भन्सार कार्यालयका एक्सरे टेक्निसियन राजकुमार ढकालविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
ढकालको दुई करोड दुई हजार ८८६ रूपैयाँ ६५ पैसा रकमको स्रोत नखुलेको भन्दै आज विशेष अदालतमा मुद्दा दायर भएको हो।
उनले पेश गरेको सम्पत्ति विवरण उनको आर्थिक हैसियत भन्दा अस्वभाविक र अमिल्दो रहेको, जीवनयापनस्तर आयस्रोत भन्दा उच्च देखिएको, विभिन्न खाताबाट अस्वभाविक रूपमा आयस्रोत भन्दा बढी रकम चेकमार्फत् सापटी दिएको देखिएको आयोगले जनाएको छ।
गैरकानूनी रूपमा आर्जन गरेको बिगो बराबरको एकाघर श्रीमती निरजरा घिमिरे, राममणी लामिछाने र आफ्नै नाममा राखिएको सम्पत्ति रोक्का राखी उक्त सम्पत्तिबाट असुल उपर/जफत गरी पाउन र नपुग बिगोका हकमा प्रचलित कानूनबमोजिम ढकालबाटै असुल उपर गरी जफत गर्न आयोगले मागदाबी लिएको छ।
यसैबीच, मेची भन्सार कार्यालय काँकडभिट्टा झापाका तत्कालीन भन्सार अधिकृत मनोजकुमार विकसहित पाँचजनाविरुद्ध पनि आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ।
५५ लाख १० हजार ५९६ रूपैयाँ ३३ पैसा बिगोदाबी कायम गरी राजस्व चुहावट सम्बन्धी आरोपपत्र दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जनाएका छन्।
प्रज्ञापन पत्र दर्ता: २८२४८ बाट भन्सार जाँचपास भएका मालवस्तु ट्रायक सुट, हाफ भेष्ट, ज्याकेट, फ्ल्याट सोल जुत्ता, स्पोर्टस जुत्ता र पी–क्याप जस्ता मालवस्तुको स्पेशिफिकेसन नलिई, प्राय सबै ब्राण्डेड कम्पनीको लोगो स्पष्ट देखिने अवस्थामा चेकजाँच नै नगरी पैठारीकर्ता तथा भन्सार एजेन्टसँग मिलेमतो गरी ६५ लाख ४० हजार ६ रूपैयाँ ३३ राजश्व रकम लिनुपर्नेमा न्यून मूल्यांकन गरी सोही आधारमा १० लाखा २९ हजार ४१० रूपैयाँ मात्र भन्सार महसुल र भ्याट लिएको आयोगले जनाएको छ।
आयोगले तत्कालीन भन्सार अधिकृत विक र जाँचकी नासु सनद खतिवडा, सागर एण्ड साधना विजनेश प्रालिका संचालक लिला बहादुर घिमिरे, गंगा बहादुर घिमिरे तथा भन्सार एजेन्ट दिपेन्द्रराज पाण्डेविरुद्ध आरोपपत्र दायर गरेको हो।
" /> काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले त्रिभुवन विमानस्थल भन्सार कार्यालयका एक्सरे टेक्निसियन राजकुमार ढकालविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।ढकालको दुई करोड दुई हजार ८८६ रूपैयाँ ६५ पैसा रकमको स्रोत नखुलेको भन्दै आज विशेष अदालतमा मुद्दा दायर भएको हो।

">