राष्ट्रपति आज म्यानमार जाँदै

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी आज म्यानमार भ्रमणमा जाँदै छिन् । म्यानमारका राष्ट्रपति उ विन मिन्तको निमन्त्रणामा राष्ट्रपति भण्डारीले ३ कात्तिकसम्म राजकीय भ्रमण गर्न लागेकी हुन् ।

भ्रमणका अवसरमा राष्ट्रपतिले आफ्ना समकक्षी मिन्तसँग द्विपक्षीय वार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । राष्ट्रपतिले युनेस्कोको विश्व सम्पदा बगान र यंगोन भ्रमण गर्ने कार्यक्रम छ ।

राष्ट्रमन्त्रीको भ्रमण टोलीमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली सहभागी छन् । रासस

प्रतिक्रिया दिनुहोस्