काठमाडौं। त्रिभुवन आर्मी क्लबका कप्तान भरत खवासले गत सिजन सम्पन्न शहीद स्मारक ‘ए’ डिभिजन लिगको उपाधिबाट बञ्चित बन्दा आफूहरू इतिहासमा नाम लेख्नबाट चुकेको बताएका छन्। सामाजिक सञ्जाल फेसबुकबाट समर्थकहरूसँग लाइभ कुरा गर्ने क्रममा राष्ट्रिय फुटबल टीमका फरवार्ड खवासले यस्तो बताएका हुन्।
गत सिजन त्रिभुवन आर्मी क्लबले दोस्रो स्थानमा चित्त बुझाएको थियो। अन्तिम खेलमा मछिन्द्र क्लबलाई बराबरीमा रोकेमात्र पनि त्रिभुवन आर्मीले उपाधि पक्का गर्थ्यो। तर विकास तामाङको आत्मघाती गोलमा आर्मी क्लब १–० पराजित भयो र दुई अंकले पछि पर्दै उपाधिबाट बञ्चित भयो।
त्रिभुवन आर्मी क्लबको पहिलो उपाधि जित्ने सपना समाप्त पार्दै ठूलो रकम खर्च गरेको मछिन्द्रले उपाधि उचाल्यो। मछिन्द्रले पनि पहिलो पटक लिगको उपाधि उचालेको हो। ‘‘हाम्रो खेलाडीहरूलाई उपाधि एकदमै महत्वपुर्ण थियो। त्यही अनुसार मिहिनेत गरेका थिए’’, समर्थकहरूसँगको कुराकानीमा कप्तान खवासले भने, ‘‘तर हामी इतिहासमा नाम कोर्ने स्वर्णिम अवसरबाट चुक्यौं। त्यो एकदम पिडादायी क्षण थियो।’’
कोभिड–१९ महामारीका कारण अहिले सम्पूर्ण खेलकुद गतिविधि बन्द छ। त्यतिमात्र हैन, ११ चैतबाट देश लकडाउनमा गएपछि सबै घरभित्रै बस्नु परेको छ। पछिल्लो समय लकडाउन तथा फुर्सदको समयमा खेलाडीहरू सामाजिक सञ्जालमार्फत समर्थकमाझ पुगिरहेका छन्। खवासले पनि फुर्सदको समयमा फेसबुक लाइभमार्फत दर्शकसँग कुरा गरेका थिए।
एन्फा एकेडेमीको दोस्रो ब्याचका खवासले त्रिभुवन आर्मीमा आवद्ध हुनुअघि संकटा, फ्रेण्ड्स र नेपाल पुलिस क्लबबाट खेलेका थिए। उनले २०६८ सालमा पुलिस क्लबबाट शहीद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि पनि जितेका थिए।
पुलिस क्लबमा भरतको ‘स्ट्राइकिङ पार्टनर’ थिए, जुमानु राई। खवासले जुमानुबाट धेरै सिक्न पाएको भन्दै अहिले उनको साथ ‘मिस’ हुने बताए। पुलिस क्लबबाट सहायक सेनानीको हैसियतमा खवास त्रिभुवन आर्मी क्लबसँग आवद्ध भएका थिए।
खवासले आर्मी पेशा सानैदेखीको रूची भएको बताए। ‘‘परिस्थितिभन्दा पनि मेरो आफ्नै इच्छाले आर्मीमा जागीरे भएको हुँ। सानैदेखी आर्मीको फिल्महरू हेर्थें। मलाई मन पर्ने पेशा हो यो’’, नेपाली सेनाका उप–सेनानी खवासले भने। आर्मीमा जागीरे भए पनि आफ्नो पहिलो प्राथमिकता फुटबल भएको र त्यही काम सजिलो हुने पनि खवासले बताए। उनी भन्छन्, ‘‘मेरो लागि बन्दुकभन्दा भकुण्डो नै सजिलो हो।’’
खवासले उमेरसँगै आफूमा परिपक्वता पनि आएको संकेत गरे। पहिले ‘एग्रेसिभ’ स्वभावका खवासले अहिले आफ्नो बानीमा परिवर्तन गरेको बताए।
‘‘मलाई धेरैले एग्रेसिभ नहुन सुझाव दिनुभएको थियो’’, कत्तिको रिसाउनु हुन्छ भनि राष्ट्रिय टीमका फरवार्ड विमल घर्तीमगरले सोधेको प्रश्नमा खवासले थपे, ‘‘पहिले धेरै कार्ड खान्थे। तर गत सिजन लिगमा एकमात्र कार्ड पाएको थिएँ।’’
त्रिभुवन आर्मी क्लबमा अग्रपंक्तिका सहयात्री नवयुग श्रेष्ठको प्रशंसा गरेका खवासले थाइल्याण्डमा आर्मीको ट्रेनिङ लिन जाँदा लय गुमाउनु परेको बताए। राष्ट्रिय टीममा कप्तानी गरिसकेका खवासले पुरानो लयमा फर्किन मेहेनत गरिरहेको पनि बताए।
‘‘थाइल्याण्डको ट्रेनिङ गर्न जाँदा खेल छुट्यो। त्यसपछि मलाई कमब्याक गर्न कठिन भइरहेको छ’’, खवासले भने, ‘‘अहिले मिहिनेत गरिरहेको छु। अझै मिहिनेत गरेर नियमित टीममा पर्ने कोशिस गरिरहेको छु।’’
सामाजिक सञ्जालका कारण नयाँ पुस्ता फुटबलमा केन्द्रित हुन नसकेको खवासको बुझाई छ। एन्फाकै उत्पादन खवासले नयाँ पुस्तालाई यसबाट सजग गराउन एन्फाले पहल गर्नुपर्ने बताउँछन्।
‘‘कतिपय कुरा आफैमा पनि भर पर्छ। सामाजिक सञ्जालका कारण खेलाडीहरू फुटबलमा केन्द्रित हुन सकेका छैनन्’’, नयाँ पुस्ताका उमेर समूहमा अनुशासनको कमी आएको हो भन्ने प्रश्नमा खवासले भने, ‘‘होस्टेल इन्चार्जले पनि यस विषयमा ध्यान दिनुपर्छ। स्कुल स्तरका प्रतियोगिताहरूमा ध्यान दिनुपर्छ। त्यो भयो भने युवा पुस्ता राम्रो हुन्छ। युवा पुस्ता राम्रो भयो भने राष्ट्रिय टीम पनि राम्रो हुन्छ।’’