दार्चुला र मकवानपुरमा चट्याङ लागेर दुईको मृत्यु, पाँचजना घाइते
दार्चुला। चट्याङ लागेर शैल्यशिखर नगरपालिका-६ तिखाधारका ७ वर्षीया लक्ष्मी खातीको गएराति मृत्यु भएको छ।

घरभित्रै बसिरहेकी ती बालिकाको चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक सुरेन्द्रप्रसाद जोशीले बताए।

चट्याङबाट सीता खाती र उनको छोरा राजेन्द्र खाती सामान्य घाइते भएका छन्।

त्यसैगरी मकवानपुरको राक्सिराङ गाउँपालिका–७ धिराङमा आज बिहान परेको चट्याङले एकजनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय मनहरीले जनाएको छ।

मृत्यु हुने राक्सिराङ गाउँपालिका–७ धिराङ निवासी ४१ वर्षीय चैत्र प्रजा छन्।

प्रहरीका अनुसार सोही वडामा चट्याङ परी तीनजना घाइते भएको सूचना आएपछि प्रहरी त्यसतर्फ पठाइएको छ। रासस

प्रतिक्रिया दिनुहोस्