डोटीमा कार दुर्घटना हुँदा ६ जना घाइते

कैलाली । डडेल्धुराबाट धनगढी आउँदै गरेको कार भीमदत्त राजमार्गअन्तर्गत डोटीको जोरायल गाउँपालिका-१ घोरडी घण्टेश्वरको मोडमा दुर्घटनामा परेको छ ।

बुधबार बिहान पौने १० बजेतिर से१ज २३८८ नम्बरको कार दुर्घटना हुँदा त्यसमा सवार ६ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रवक्ता कर्णबहादुर बोहराका अनुसार जिल्ला प्रशासन कार्यालय डडेल्धुराबाट सवारी पास लिएर उनीहरू धनगढीतिर आउँदै थिए ।

दुर्घटनामा परी घाइते हुनेमा अमरगढी नगरपालिका ५ डडेल्धुराका चालक मानबहादुर थापा, सोही ठाउँकी एलिजा थापा (११), आर्यन थापा (६), मन्धरी थापा(३५), रामचन्द्र भण्डारी (४६) र रतन भण्डारी (२७) छन् । चालक र रामचन्द्रबाहेक अन्यको अवस्था गम्भीर रहेको उनले बताए ।

कारमा सवार चालकको परिवार र अन्य २ जना आफन्त रहेको बोहराले जानकारी दिए। घाइते सबैको उद्दार गरी प्रहरीले उपचारका लागि धनगढी पठाएको छ ।

प्रतिक्रिया दिनुहोस्