तनहुँको बन्दीपुरमा पासोमा पर्‍यो चितुवा
तनहुँ। बन्दीपुर गाउँपालिका-४ स्थित लोहीपाखामा थापेको पासोमा आज बिहान एक चितुवा परेको छ।

चितुवाले आक्रमण गरेर बालबालिकाको ज्यान लिने क्रम बढेसँगै डिभिजन वन कार्यालयले काठको खोरमा पासो थापेको थियो।

खोरमा परेको यो आठौँ चितुवा रहेको वन कार्यालयका प्रमुख केदार बरालले बताए।

सोही क्षेत्रमा गत १३ माघमा चितुवाको आक्रमणबाट ११ वर्षीय इशाक विश्वकर्माको मृत्यु भएको थियो।

चितुवाको आक्रमणबाट तनहुँमा दुई वर्षको अवधिमा नौ बालबालिकाको मृत्यु भएको छ।

सातजना घाइते भएको  डिभिजन वन कार्यालयका सहायक वन डिभिजन अधिकृत बाबुराम उप्रेतीले जानकारी दिए।

वन कार्यालय र सामुदायिक वनको संयुक्त प्रयासमा जिल्लाका १६ स्थानमा १६ वटा पासो थापिएको छ। रासस

प्रतिक्रिया दिनुहोस्