जनकपुर। कोरोना भाइरसका कारण यसपटक सरकारको निर्देशनअनुरूप सामाजिक दूरी कायम राख्दै जुडशीतल पर्व सम्पन्न भएको छ।

प्रकृति र स्वास्थ्यसँग सम्बन्धित यस पर्वलाई मिथिलाञ्चलमा नयाँ वर्षका रूपमा मनाइन्छ भने थारू समुदायले यसलाई सिरूवा पर्व भनी मनाउने गर्छन्।

वस्तुतः दुवै पर्वको उद्देश्य सूर्यको तापबाट आकुलब्याकुल मानवलाई शीतलता प्रदान गर्नु रहेको छ । मिथिलाञ्चल मुख्यतः कृषि प्रधान क्षेत्र भएकाले यहाँ मनाइने चाडपर्वमा कृषि संस्कृतिको प्रभाव देखिन्छ। फलतः यस पर्वमा पनि कृषि कर्मबाट उत्पादित उत्पादनको प्रयोग उदाहरणीय एवं उल्लेखनीय मानिन्छ।

जुडशीतलमा रहेका दुई पद जुड र शीतल कल्याणसँग सम्बन्धित छन्। जुडले आशीर्वादको भावमा जुराउनु र शीतलले शीतलताको अर्थ दिन्छ। अर्थात् शीतलता प्रदान गर्नु नै जुडशीतल हो।

यस पर्वमा जेठाले आफूभन्दा सानाको टाउकोमा हत्केलामा पानी लिई आशीर्वाद सूचक भावले शीतलता प्रदान होस् भन्ने गर्छन्। यसक्रममा मैथिलहरू एकाबिहानै उठेर आफ्ना परिवार र सामूहिकरूपले आफन्तलाई आशीर्वाद दिने चलन रहेकोमा कोरोना भाइरस संक्रमणको जोखिमलाई ध्याानमा राखी अधिकांशले घरमै परिवारजनसँग पर्व मनाएका छन्।

कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि कतिपयले मान्यजनले लठ्ठीमा पानीको भाँडो झुन्ड्याइ केटाकेटीलाई जल सिञ्चन गरी आशीर्वाद दिईसमेत पर्व मनाएका छन्। यस पर्वमा शीतलताको कामना सूर्यको कडा तापविरूद्ध हुन्छ।

वैशाखदेखि सूर्यको ताप वृद्धि हुने गरेका कारण यस पर्वमा मानवमात्रको कल्याण नभई रूख, बिरुवाका लागि पनि शीतलताको कामना गरिन्छ। यसका साथै घरका दैलामा तथा घरको बीचमा रहेको खम्बालाई पनि जुराउने गरिन्छ।

यस दिन चुलो पनि जुराउने भएकाले चुलोमा आगो बालिँदैन। त्यस्तै पशुपक्षी, लतावृक्ष, बोटबिरुवाका साथै घर–गृहस्थीका सबै वस्तु सन्दुक, आलमारी, बाकस, खाट, पलङ, कुर्सी, टेबुल, कुचो, जाँतो, ढिकी, ऊखल, मुसल, सिलौटा, लोढा, सवारीसाधनमाथि पानी जुराउने गरिन्छ।

त्यस्तै यस पर्वमा गाउँका इनार, कुँवाको जीर्णाेद्वार पनि गरिन्छ। यसमा जीउभरि हिलो दल्ने परम्परा पनि छ। मल र हिलोसँग मानव शरीरको सृष्टि भएको तथ्यलाई यस पर्वले निरन्तरता दिँदै आएको देखिन्छ। जीउभरि हिलो दल्नुलाई प्राकृतिक चिकित्सामा पंक स्नानको महत्व छ।

ग्रीष्मको प्रचण्ड तापले सम्भावित रोगको निदानका सन्दर्भमा पंक स्नानको प्रथा शुरू भएको बताइन्छ।

जुडशीतलमा खानपानको पनि आफ्नो खास परम्परा छ। यस पर्वका बारेमा भनिन्छ- एक सालको खाना अर्को सालमा खानु पर्छ।

त्यसैले यसमा राति पकाइएको खाना भोलिपल्ट खाने चलन छ। यस पर्वमा तरूवा, बरी (वेसनको व्यञ्जन) दही विशेष प्रकारले खाइन्छ।

जुडशीतलमा कुलदेवतालाई बासीभात, दही, मीठा र आँपको टिकुलाको नैवेद्य चढाइने गरिन्छ। त्यस्तै चिल चरा तथा स्याललाई पनि नैवेद्य दिने चलन छ। चिलका लागि नैवेद्यलाई छानामाथि राखिने गरिन्छ भने स्यालका लागि घरदेखि बाहिर लगेर राखिदिने गरिन्छ। यस पर्वमा कतिपय  स्थानमा पहलमानीको आयोजना र चङ्गा प्रतियोगिता पनि गरिने परम्परा रहेकोमा यस पटक कोरोना महामारीका कारण यी आयोजना हुन सकेन। रासस

" /> जनकपुर। कोरोना भाइरसका कारण यसपटक सरकारको निर्देशनअनुरूप सामाजिक दूरी कायम राख्दै जुडशीतल पर्व सम्पन्न भएको छ।

"> सामाजिक दूरी कायम राख्दै मनाइयाे जुडशीतल पर्व: Dekhapadhi
सामाजिक दूरी कायम राख्दै मनाइयाे जुडशीतल पर्व

प्रतिक्रिया दिनुहोस्