गहुँ थ्रेसरको पट्टाले लागेर कंचनपुरमा वृद्धको मृत्यु
<p>कैलाली। गहुँ झार्ने क्रममा गएराति कंचनपुरमा एकजनाको मृत्यु भएको छ।</p>
<p>भीमदत्त नगरपालिक-६ बनगाउँमा गहुँ झार्ने थ्रेसको पट्टा लागेर स्थानीय ६५ वर्षीय नरबहादुर चन्दको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कंचनपुरका डीएसपी रविन्द्र पौडेलले बताए।</p>
<p>उनको शव पोस्टमार्टमका लागी महाकाली अस्पतालमा राखिएको छ।</p>
<p>यसअघि २६ चैतमा गहुँ झार्दै गर्दा पट्टामा बेरिएर शुक्लाफाँटा नगरपालिका-११ कलुवापुरका २२ बर्षीया रेवती पाण्डेय जोशीको मृत्यु भएको थियो।</p>
प्रतिक्रिया दिनुहोस्
