द वायरबाट

" /> द वायरबाट

"> एक वर्ष पुरानो लेखको विषयमा जेएनयु विश्वविद्यालयका एक छात्र गिरफ्तार: Dekhapadhi
एक वर्ष पुरानो लेखको विषयमा जेएनयु विश्वविद्यालयका एक छात्र गिरफ्तार
काठमाडौं। एक वर्ष अगाडि प्रकाशित लेखले ‘साम्प्रदायिक सहिष्णुता’ बिगारेको र बिजेपी नेतृत्वको ‘सरकारप्रति नकारात्मकता बढाएको’ आरोपमा जवाहरलाल नेहरू विश्वविद्यालय (जेएनयु)का एक विद्यार्थी पक्राउ परेका छन्। जेएनयुको इतिहास विभागमा विद्यावारिधीका लागि भर्ना भएका मनिपुरका मुस्लिम विद्यार्थी मोहम्मद चिंगिज खानलाई दिउँसो मणिपुर राज्य प्रहरीले गिरफ्तार गरिएको हो।

उनले संयुक्त रूपमा लेखेको लेख ‘द पायोनियर’मा ७ अप्रिल २०१९  मा ‘निर्मित असुरक्षाबाट पीडित प्यांगल’ शीर्षकमा प्रकाशित भएको थियो। मणिपुरको स्थानीय भाषामा मुसलमानहरूलाई ‘प्यांगल’ भनिन्छ।

उक्त लेखमा खानले स्थानीय सरकारले मुसलमानहरूलाई पाखा लगाउने गरी योजनाबद्ध काम गरेको आरोप लगाएका थिए।

झण्डै एक वर्षपछि उक्त लेख मेइटिलियन भाषामा अर्का व्यक्तिले अनुवाद गरे। उक्त अनुवाद स्थानीय पत्रिका ‘इचेल एक्सप्रेस’मा प्रकाशित भयो। ६ अप्रिलमा प्रकाशित उक्त अनुदित लेखबारे प्रहरी आफैले उजुरी खडा गरेको हो।

इम्फाल जिल्लाको मायाङ इम्फाल प्रहरी चौकीले उनलाई ८ अप्रिलमा पक्राउ गरेर ६ दिनसम्म हिरासतमा राखेको छ।

एक सरकारी अधिकारीले भने, "सरकार कोभिड-१९सँग जुधिरहेको बेलामा दुई वर्ष पुरानो विषय उठान गरेका छन्।"

विभिन्न विद्याथी र युवा संगठनहरूले खानको गिरफ्तारीको विरोध गरेका छन्। उनलाई तुरून्तै रिहा गर्न माग गर्दै विभिन्न संगठनहरूले विज्ञप्ति जारी गरेका छन्। -द वायरबाट

प्रतिक्रिया दिनुहोस्