बुद्ध एअरको काउन्टर तोडफोड गर्ने सांसद साह पक्राउ
काठमाडौं। २७ असोजमा जहाज समयमा नआएको भन्दै बुद्ध एयरको काउण्टर तोडफोड गरेका प्रतिनिधिसभा सदस्य प्रमोदकुमार साह पक्राउ परेका छन्।

आज दिउँसो ओखलढुंगा जान त्रिभुवन विमानस्थल पुगेका साहलाई महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले विमानस्थलबाटै पक्राउ गरेको हो।

बुद्ध एयरको जनकपुर कार्यालयले साहलाई कारबाहीको माग गर्दै निवेदन दिएपछि नागरिक उड्डयन कार्यालय जनकपुरले जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दिएको थियो।

साहमाथि गैरसैनिक हवाइ उडान ऐन अनुसार कारबाही हुने प्रहरीले जनाएको छ।

सांसद साह राजपाबाट सर्लाही क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यमा  निर्वाचित हुन् ।

प्रतिक्रिया दिनुहोस्