अमेरिकाको दक्षिणी भेगमा आँधीबाट ६ जनाको मृत्यु
<p>वासिङ्टन। अमेरिकाका दक्षिणी राज्यहरूमा तीव्र गतिको आँधीका कारण कम्तिमा ६ जनाको मृत्यु भएको छ।</p>
<p>लुजियाना, टेक्सस र मिसिसिपी राज्यमा आँधीको बढी प्रभाव परेको छ। मिसिसिपीको आकस्मिक व्यवस्थापन एजेन्सीले तीनवटा काउन्टीमा हताहती भएको पुष्‍टी गरेको छ।</p>
<p>लुजियानामा पनि आँधीले घरहरू भत्काइदिएको छ। मिसिसिपी, अलाबामा र जर्जिया राज्यमा सोमबारसम्म आँधी र चट्याङको प्रभाव देखिने राष्‍ट्रिय मौसम विभागले जनाएको छ।</p>
<p>बीबीसीका अनुसार कोभिड-१९ को महामारी रोकथामका लागि लगाइएको लकडाउनका कारण घरमै बसिरहेका त्यस भेगका बासिन्दाले अर्को प्राकृतिक विपत्तिको सामना गर्नु परेको छ।</p>
प्रतिक्रिया दिनुहोस्
