सूर्यलाई अर्घ्य दिएर नयाँ वर्षको स्वागत
<p>काठमाडौं । बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर नयाँ वर्ष २०७७ को स्वागत गरिएको छ ।</p>
<p>ज्योतिष पण्डित वासुदेवकृष्ण शास्त्रीका अनुसार बिहान पाँच बजेर ४३ मिनटदेखि सात बजेर १७ मिनटसम्म सूर्यलाई अर्घ्य दिने अमृत बेला थियो ।</p>
<p>‘महामारीका बेलामा विश्व कल्याणको कामना गर्दै सूर्यलाई अर्घ्य दिएर नयाँ वर्षको स्वागत गरिएको हो,’ शास्त्रीले भने ।<br />
</p>
प्रतिक्रिया दिनुहोस्
