साना। यमनी हुथी विद्रोहीको एक अदालतले यमनमा सन् २०१५ देखि तैनाथ साउदी अरब नेतृत्वको सैनिक गठबन्धनसँग सहकार्य गरेको अभियोगमा त्यहाँ कार्यरत चार पत्रकारलाई मृत्युदण्डको फैसला सुनाएको छ।

पत्रकारहरू अब्देल खालेक अमरान, अकराम अल वालिदी, हारेथ हमिद र तफिक अल मन्सुरीलाई ‘देशद्रोह’ र ‘जासूसी’ गरेको अभियोगमा मृत्युदण्डको फैसला सुनाएको उनीहरूका वकीललाई उद्धृत गरी अरब न्यूजले उल्लेख गरेको छ।

यमनी हुथी समूहले आफ्नो ‘शत्रु’सँग सहकार्य गरेको आरोप लगाइएका १० पत्रकारमध्ये मृत्युदण्डको सजाय सुनाइएका चार पत्रकारहरू कारबाहीको अग्रसूचीमा थिए। तर, बाँकी ६ जनालाई पनि सोही आरोपमा जेल सजाय तोकिएको र सजाय पूरा भएपछि रिहा हुन सक्ने फैसलामा उल्लेख गरिएको सबै पत्रकारको तर्फबाट बहसमा सहयोग गरेका वकीलहरूको समूहले बताएको छ। उनीहरूमाथि ‘भ्रामक समाचार’ लेखेर साउदी गठबन्धन सरकारलाई सघाएको अभियोग पनि लगाइएको छ।

अन्तर्राष्ट्रिय मानव अधिकारवादी समूह एम्नेस्टी इन्टरनेशनलले गत वर्ष पत्रकारहरू माथि लगाइएको आरोप झुटो भएको बताएको थियो। एम्नेस्टी इन्टरनेशनलले विद्रोहीले थुनामा राखेका पत्रकारलाई कब्जामा लिएपछि पिट्ने, आवश्यक पिउने पानीसम्म नदिने र काठका ठूलाठूला मूढा उठाएर घण्टौँ उभिन लगाउनेजस्ता कठोर यातना दिने गरेको बताएको थियो।

हुथी समूहको नियन्त्रणमा रहेका १० मध्ये ९ पत्रकारलाई सन् २०१५ को जुन महीनामा सानाबाट कब्जामा लिएको र दशौँलाई सोही वर्षको अगस्टमा यमनी राजधानीबाट नियन्त्रणमा लिइएको थियो।

हुथी विद्रोहीले यमनको सत्ता कब्जामा लिने लडाइँको घोषणासँगै देशको उत्तरी भू-भागसहित राजधानी सानालाई नियन्त्रणमा लिएपछि सन् २०१४ देखि गृहयुद्ध चलेको थियो। हुथी समूहलाई इरानको सहयोग रहेको भन्दै उनीहरूविरूद्ध लड्न साउदी अरब नेतृत्वमा रहेको गठबन्धन सेनाले त्यहाँको सरकारलाई सघाउँदै आएको छ। रासस/एएनआई

" /> साना। यमनी हुथी विद्रोहीको एक अदालतले यमनमा सन् २०१५ देखि तैनाथ साउदी अरब नेतृत्वको सैनिक गठबन्धनसँग सहकार्य गरेको अभियोगमा त्यहाँ कार्यरत चार पत्रकारलाई मृत्युदण्डको फैसला सुनाएको छ।

पत्रकारहरू अब्देल खालेक अमरान, अकराम अल वालिदी, हारेथ हमिद र तफिक अल मन्सुरीलाई ‘देशद्रोह’ र ‘जासूसी’ गरेको अभियोगमा मृत्युदण्डको फैसला सुनाएको उनीहरूका वकीललाई उद्धृत गरी अरब न्यूजले उल्लेख गरेको छ।

यमनी हुथी समूहले आफ्नो ‘शत्रु’सँग सहकार्य गरेको आरोप लगाइएका १० पत्रकारमध्ये मृत्युदण्डको सजाय सुनाइएका चार पत्रकारहरू कारबाहीको अग्रसूचीमा थिए। तर, बाँकी ६ जनालाई पनि सोही आरोपमा जेल सजाय तोकिएको र सजाय पूरा भएपछि रिहा हुन सक्ने फैसलामा उल्लेख गरिएको सबै पत्रकारको तर्फबाट बहसमा सहयोग गरेका वकीलहरूको समूहले बताएको छ। उनीहरूमाथि ‘भ्रामक समाचार’ लेखेर साउदी गठबन्धन सरकारलाई सघाएको अभियोग पनि लगाइएको छ।

अन्तर्राष्ट्रिय मानव अधिकारवादी समूह एम्नेस्टी इन्टरनेशनलले गत वर्ष पत्रकारहरू माथि लगाइएको आरोप झुटो भएको बताएको थियो। एम्नेस्टी इन्टरनेशनलले विद्रोहीले थुनामा राखेका पत्रकारलाई कब्जामा लिएपछि पिट्ने, आवश्यक पिउने पानीसम्म नदिने र काठका ठूलाठूला मूढा उठाएर घण्टौँ उभिन लगाउनेजस्ता कठोर यातना दिने गरेको बताएको थियो।

हुथी समूहको नियन्त्रणमा रहेका १० मध्ये ९ पत्रकारलाई सन् २०१५ को जुन महीनामा सानाबाट कब्जामा लिएको र दशौँलाई सोही वर्षको अगस्टमा यमनी राजधानीबाट नियन्त्रणमा लिइएको थियो।

हुथी विद्रोहीले यमनको सत्ता कब्जामा लिने लडाइँको घोषणासँगै देशको उत्तरी भू-भागसहित राजधानी सानालाई नियन्त्रणमा लिएपछि सन् २०१४ देखि गृहयुद्ध चलेको थियो। हुथी समूहलाई इरानको सहयोग रहेको भन्दै उनीहरूविरूद्ध लड्न साउदी अरब नेतृत्वमा रहेको गठबन्धन सेनाले त्यहाँको सरकारलाई सघाउँदै आएको छ। रासस/एएनआई

"> यमनी चार पत्रकारलाई हुथी अदालतद्वारा मृत्युदण्डको सजाय: Dekhapadhi
यमनी चार पत्रकारलाई हुथी अदालतद्वारा मृत्युदण्डको सजाय
साना। यमनी हुथी विद्रोहीको एक अदालतले यमनमा सन् २०१५ देखि तैनाथ साउदी अरब नेतृत्वको सैनिक गठबन्धनसँग सहकार्य गरेको अभियोगमा त्यहाँ कार्यरत चार पत्रकारलाई मृत्युदण्डको फैसला सुनाएको छ।

पत्रकारहरू अब्देल खालेक अमरान, अकराम अल वालिदी, हारेथ हमिद र तफिक अल मन्सुरीलाई ‘देशद्रोह’ र ‘जासूसी’ गरेको अभियोगमा मृत्युदण्डको फैसला सुनाएको उनीहरूका वकीललाई उद्धृत गरी अरब न्यूजले उल्लेख गरेको छ।

यमनी हुथी समूहले आफ्नो ‘शत्रु’सँग सहकार्य गरेको आरोप लगाइएका १० पत्रकारमध्ये मृत्युदण्डको सजाय सुनाइएका चार पत्रकारहरू कारबाहीको अग्रसूचीमा थिए। तर, बाँकी ६ जनालाई पनि सोही आरोपमा जेल सजाय तोकिएको र सजाय पूरा भएपछि रिहा हुन सक्ने फैसलामा उल्लेख गरिएको सबै पत्रकारको तर्फबाट बहसमा सहयोग गरेका वकीलहरूको समूहले बताएको छ। उनीहरूमाथि ‘भ्रामक समाचार’ लेखेर साउदी गठबन्धन सरकारलाई सघाएको अभियोग पनि लगाइएको छ।

अन्तर्राष्ट्रिय मानव अधिकारवादी समूह एम्नेस्टी इन्टरनेशनलले गत वर्ष पत्रकारहरू माथि लगाइएको आरोप झुटो भएको बताएको थियो। एम्नेस्टी इन्टरनेशनलले विद्रोहीले थुनामा राखेका पत्रकारलाई कब्जामा लिएपछि पिट्ने, आवश्यक पिउने पानीसम्म नदिने र काठका ठूलाठूला मूढा उठाएर घण्टौँ उभिन लगाउनेजस्ता कठोर यातना दिने गरेको बताएको थियो।

हुथी समूहको नियन्त्रणमा रहेका १० मध्ये ९ पत्रकारलाई सन् २०१५ को जुन महीनामा सानाबाट कब्जामा लिएको र दशौँलाई सोही वर्षको अगस्टमा यमनी राजधानीबाट नियन्त्रणमा लिइएको थियो।

हुथी विद्रोहीले यमनको सत्ता कब्जामा लिने लडाइँको घोषणासँगै देशको उत्तरी भू-भागसहित राजधानी सानालाई नियन्त्रणमा लिएपछि सन् २०१४ देखि गृहयुद्ध चलेको थियो। हुथी समूहलाई इरानको सहयोग रहेको भन्दै उनीहरूविरूद्ध लड्न साउदी अरब नेतृत्वमा रहेको गठबन्धन सेनाले त्यहाँको सरकारलाई सघाउँदै आएको छ। रासस/एएनआई

प्रतिक्रिया दिनुहोस्