प्युठानमा दुई बालबालिकाको मृत्यु
काठमाडाैं। प्युठानमा एकै परिवारका दुई बालबालिकाको मृत्यु भएको छ।

सरुमारानी गाउँपालिका-१, बाङ्गेसाल रावल टोलमा आज अपराह्न घरमा मृतावस्थामा उनीहरू फेला परेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरीक्षक पोषण ढकालले बताए।

मङ्गले धामीका दुई वर्षीय छोरा गौरव र पाँच वर्षीया छोरी सिर्जना एकसाथ घरमै रहस्यमयरूपमा मृतावस्थामा फेला परेको प्रहरीले जनाएको छ।

सर्पको डसाइ वा विष सेवनबाट घटना भएको हुन सक्ने स्थानीयवासीको भनाइ छ।

दुवै शव परीक्षणका लागि प्युठान अस्पताल लगिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ। रासस

प्रतिक्रिया दिनुहोस्