कञ्चनपुरमा छाेराले गरे बुबाकाे हत्या
<p>कञ्चनपुर। कञ्चनपुरमा छोराले हँसिया प्रहार गरी आफ्नै बुबाको हत्या गरेका छन्।</p>
<p>कृष्णपुर नगरपालिका-४, लालीगुराँस टोलका संगी राना (२४)ले आफ्नै बुबा चौला राना (५५) को हँसिया प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी रवीन्द्र पौडेलले जानकारी दिए।</p>
<p>हत्या आरोपका संगीलाई नियन्त्रणमा लिएको बताउँदै हत्यामा प्रयोग गरिएको हँसियासमेत घटनास्थलबाट बरामद् गरिएको उनले बताए।</p>
<p>प्रारम्भिक अनुसन्धानअनुसार घरायसी विवादका क्रममा घटना भएकाे देखिएकाे पाैडेलले जानकारी दिए।</p>
प्रतिक्रिया दिनुहोस्
