मुर्दाघरमा शव राख्ने स्थान नभएका कारण वेवारिस शवलाई सुरक्षितरूपमा राख्नुपर्ने समयअवधि घटाइएको छ। न्यूयोर्कका मेयर बिल डे ब्लासियोले यसअघि संकट रहुन्जेलसम्म शवको अस्थायी अन्त्येष्टि गर्नुपर्ने हुन सक्ने बताएका थिए।

अमेरिकामा २४ घण्टामा दुई हजारजनाको मृत्यु

अमेरिकामा २९ चैतको २४ घण्टामा दुई हजार भन्दा बढीको कोभिड-१९ को कारण मृत्यु भएको छ। अन्य कुनै पनि देशमा कुनै एकै दिनमा यति धेरै संक्रमित व्यक्तिको मृत्यु भएको थिएन।

अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयले जारी गरेको तथ्यांकअनुसार अमेरिकामा पछिल्लो २४ घण्टामा दुई हजार १०८ जनाको मृत्यु भएको छ। देशभर कोरोना संक्रमितको संख्या पाँच लाख भन्दा बढी पुगेको छ। कोभिड-१९ बाट मृत्यु हुनेको संख्यामा अमेरिका छिटै नै इटली भन्दा अघि पुग्ने अनुमान गरिएको छ।

संकट स्थिर हुँदैछ

कोभिड-१९ रोकथाम र नियन्त्रणका लागि ह्वाइट हाउसले बनाएको टास्क फोर्सले महामारीको स्थिति स्थिर हुँदै गएको बताएको छ। तर, डाक्टर डेबोरा बर्क्सले चेतावनी दिँदै भनेका छन्- “यो कुरा उत्साहवर्धक हुन सक्छ, तर हामी अझै पनि संकटको चरम स्थितिसम्म पुगेकै छैनौं।”

राष्ट्रपति डोनल्ड ट्रम्पले पनि मृतकको संख्या आशंका गरिएजस्तो एक लाखसम्म पुग्न नसक्ने आशा व्यक्त गरेका छन्। उनले भनेका छन्- “हामीले अपनाएको आक्रामक रणनीतिले असंख्य व्यक्तिको ज्यान बचिरहेको छ।”

टास्क फोर्सका एक प्रमुख सदस्य डाक्टर एन्थनी फउसीले अमेरिकामा महामारीबाट मृत्यु हुनेको संख्या ६० हजार आसपास पुग्ने आफूले अनुमान गरेको बताएका थिए।

बीबीसीबाट

"> अमेरिकाको न्यूयोर्कमा यसरी हुँदैछ कोभिड-१९ का मृतकको सामूहिक अन्त्येष्टि: Dekhapadhi
अमेरिकाको न्यूयोर्कमा यसरी हुँदैछ कोभिड-१९ का मृतकको सामूहिक अन्त्येष्टि
काठमाडौं। हार्ट आइल्याण्डको यी तस्वीरमा सुरक्षित कपडा (पीपीई) लगाएका कर्मचारीहरू गहिरो खाडलमा काठको कफिन राख्दै गरेका देखिन्छन्। ड्रोनबाट खिचिएका यी तस्वीरहरू रहेको स्थानमा कोही आफन्त नभएका वा अन्त्येष्टि गर्न नसक्ने गरीब व्यक्तिका शव डेढ सय भन्दा बढी वर्षदेखि सामूहिकरूपमा अन्त्येष्टि गरिँदै आइएको थियो।

अमेरिकामा न्यूयोर्क सबैभन्दा बढी प्रभावित भएको शहर हो। यो एक शहरमा कोभिड-१९ बाट संक्रमितको संख्या अमेरिकाका बाँकी सबै क्षेत्रमा संक्रमित भएकाहरू भन्दा बढी छ। त्यति मात्र हो संसारको कुनै पनि देशमा संक्रमित भएका व्यक्ति भन्दा धेरै संख्यामा यही एक शहरमा संक्रमित भएका छन्। न्यूयोर्कमा एक लाख ६० हजार भन्दा बढी संक्रमित भएकोमा ८ हजार भन्दा बढी मानिसको ज्यान गइसकेको छ।

हरेक दिन २५ शव

समाचार एजेन्सी एपीका अनुसार हार्ट आइल्याण्डमा पहिला सामान्यतयाः एक सातामा २५ वटा शव ल्याइन्थ्यो र साताको एकपल्ट मात्र सामूहिक अन्त्येष्टि गरिन्थ्यो। तर, अहिले साताको पाँच दिन शवको अन्त्येष्टि गरिन्छ र हरेक दिन २५ जनाको शव आइपुग्छ।

पहिले शवको अन्त्येष्टि गर्ने काम शहरको प्रमुख कारागार ‘राइकर्स आइल्याण्ड’ का कैदीहरूद्वारा गराइन्थ्यो। तर, अब दैनिक रूपमै धेरै शवको व्यवस्थापन गर्नुपर्ने कारणले यो कामको जिम्मा ठेकेदारलाई दिइएको छ। अहिले मृतकमध्ये कतिजनाका कोही आफन्त थिएनन् वा कतिजना गरीब थिए भन्ने कुनै तथ्यांक छैन।

मुर्दाघरमा शव राख्ने स्थान नभएका कारण वेवारिस शवलाई सुरक्षितरूपमा राख्नुपर्ने समयअवधि घटाइएको छ। न्यूयोर्कका मेयर बिल डे ब्लासियोले यसअघि संकट रहुन्जेलसम्म शवको अस्थायी अन्त्येष्टि गर्नुपर्ने हुन सक्ने बताएका थिए।

अमेरिकामा २४ घण्टामा दुई हजारजनाको मृत्यु

अमेरिकामा २९ चैतको २४ घण्टामा दुई हजार भन्दा बढीको कोभिड-१९ को कारण मृत्यु भएको छ। अन्य कुनै पनि देशमा कुनै एकै दिनमा यति धेरै संक्रमित व्यक्तिको मृत्यु भएको थिएन।

अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयले जारी गरेको तथ्यांकअनुसार अमेरिकामा पछिल्लो २४ घण्टामा दुई हजार १०८ जनाको मृत्यु भएको छ। देशभर कोरोना संक्रमितको संख्या पाँच लाख भन्दा बढी पुगेको छ। कोभिड-१९ बाट मृत्यु हुनेको संख्यामा अमेरिका छिटै नै इटली भन्दा अघि पुग्ने अनुमान गरिएको छ।

संकट स्थिर हुँदैछ

कोभिड-१९ रोकथाम र नियन्त्रणका लागि ह्वाइट हाउसले बनाएको टास्क फोर्सले महामारीको स्थिति स्थिर हुँदै गएको बताएको छ। तर, डाक्टर डेबोरा बर्क्सले चेतावनी दिँदै भनेका छन्- “यो कुरा उत्साहवर्धक हुन सक्छ, तर हामी अझै पनि संकटको चरम स्थितिसम्म पुगेकै छैनौं।”

राष्ट्रपति डोनल्ड ट्रम्पले पनि मृतकको संख्या आशंका गरिएजस्तो एक लाखसम्म पुग्न नसक्ने आशा व्यक्त गरेका छन्। उनले भनेका छन्- “हामीले अपनाएको आक्रामक रणनीतिले असंख्य व्यक्तिको ज्यान बचिरहेको छ।”

टास्क फोर्सका एक प्रमुख सदस्य डाक्टर एन्थनी फउसीले अमेरिकामा महामारीबाट मृत्यु हुनेको संख्या ६० हजार आसपास पुग्ने आफूले अनुमान गरेको बताएका थिए।

बीबीसीबाट।

प्रतिक्रिया दिनुहोस्