खोटाङमा चट्याङ लागेर दुईजनाको मृत्यु <p>काठमाडौं। खोटाङमा चट्याङ लागेर गएराति दुईजनाको मृत्यु भएको छ।</p> <p>खोटाङका संघीय सांसद विशाल भट्टराईका अनुसार केपिलासगढी गाउँपालिका-१, फेदीको तोमानेमा चट्याङ पर्दा ३८ वर्षीया निर्मला बिक र १५ वर्षीय राजमणी राईको मृत्यु भएको हो ।</p> <p>भट्टराईले फेसबुक स्टाटसमार्फत् चट्याङबाट मृतक निर्मालाका छोराछोरी आसन र मनकला घाइते भएको पेजमा जानकारी गराएका छन्।</p> <p>जनप्रतिनिधि र सुरक्षाकर्मी घटनास्थल पुगेर घाइतेहरूको उद्धार गरिरहेको उनले लेखेका छन्।</p>
प्रतिक्रिया दिनुहोस्